February 11, 2018

एमालेका ४१ समानुपातिक सांसद, नवीना लामादेखि मोतिलाल दुगडसम्म (सूचीसहित)

   काठमाडौं माघ २८,काठमाडौं। एमालेले प्रतिनिधिसभाको समानुपातिक तर्फ सांसद बन्नेको सूची निर्वाचन आयोगमा बुझाएको छ। एमालेले समानुपातिक तर्फ ४१ सिट जितेको थियो। जसमध्ये एमालेले संघीय संसदमा एक तिहाई महिला सहभागिता सुनिश्चित गर्न ३७ जना महिलालाई पठाएको छ।एमालेबाट सांसद बन्ने चार पुरुषमा खस आर्यबाट मुकुन्द न्यौपाने, आदिवासी जनजातीबाट विषय विजय सुब्बा, पिछडिएको क्षेत्रबाट मोहन बाँनिया र मधेसी पुरुषबाट मोतीलाल दुगड परेका छन्। २०६४ सालमा सद्भावना आनन्दीदेवीबाट समानुपातिक सांसद बनेका मोतीलाल दुगड पनि एमालेको सूचीमा परेका छन्। एमालेबाट सांसद सिफारिश  भएका दुगड  व्यापारी हुन्।  २०७० को चुनावमा पत्रिका विज्ञापन गरेर पार्टी समेत खोलेका थिए। उनले आफ्नो पार्टी एमालेमा विलय गराएका थिए।

सांसद सिफारिश हुनेमा एमाले स्थायी समिति सदस्य तथा प्रदेश नम्बर ५ का मुख्यमन्त्री दाबेदार शंकर पोखरेलकी श्रीमती तथा एमाले केन्द्रीय सदस्य सुजिता शाक्य, अनेरास्ववियू अध्यक्ष नविना लामा, पूर्वविद्यार्थी नेतृ रामकुमारी झाक्री पनि छन्। त्यस्तै पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सांसद बनेकी शान्ता चौधरी पनि पुन:  सांसद बनेकी छन्।

त्यस्तै एमाले पोलिटब्युरो सदस्य रघुवीर महासेठकी श्रमती जुली महतो पनि  सूचीमा  छन्। उनी व्यापारी उपेन्द्र महतोको बहिनी हुन्। त्यस्तै एमाले भातृ संगठन यूवा संघकी नेतृ निरुदेवी पाल पनि सांसद बनेकी छिन्।निर्वाचन आयोगले दलहरुलाई समानुपातिक सूची बुझाउन सोमबारसम्मको समय दिएको छ।

 एमालेको समानुपातिक सांसदको सूची-

 
 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक