धौलागिरि अञ्चल अस्पताल र बडिगाड गाउँपालिका बागलुङको आयोजनामा शनिबार एकदिने एचआइभी एड्स परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको ग्वालिचौरमा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क शिविरमा ४०० जनाले एचआइभी एड्स परीक्षण गराएको अञ्चल अस्पतालले जनाएको छ ।
धौलागिरि अञ्चल अस्पतालको एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट) सेन्टर को प्राविधिक टोलीले दुर्गम गाउँ ग्वालिचौरका स्थानीयवासीको एचआइभी एड्स परीक्षण शिविर सञ्चालन गरेको सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताए ।
जिल्लाको ग्वालिचौरमा धेरै क्षय रोगका बिरामी भएका कारण एचआइभी एड्स नमूना परीक्षण गरिएको थियो । एचआइभी एड्स भएका बिरामीलाई क्षयरोगको सङ्क्रमण बढी हुने गरेकाले ग्वालिचौरमै परीक्षण शिविर सञ्चालन गर्नुपरेको आचार्यले बताए ।
एआरटी सेन्टरले एचआइभी एड्स परीक्षण, परामर्श तथा औषधि समेतको सेवा दिने गर्दछ । शिविरमा एआरटी सेन्टर बागलुङका चार जना प्राविधिकले सेवा प्रदान गरेका थिए । बागलुङ जिल्लामा ३७५ जना एचआइभी एड्स सङ्क्रमित व्यक्ति रहेका छन् ।
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी
कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि