एक अर्बभन्दा बढी रेमिट्यान्स भित्रियाे

9dbc0a06af6917ae999edc034f5cec4e१९ भदौ, म्याग्दी । म्याग्दीेका बैंक तथा वित्तीय संस्थाका शाखाले एक अर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भुक्तानी गरेका छन् ।

विसं २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा शाखाले एक अर्ब सात करोड ६५ लाख ५० हजार रुपैयाँ रेमिट्यान्स भुक्तानी गरेका नेपाल राष्ट्र बैङ्कको पोखरा क्षेत्रीय कार्यालयले जनाएको छ ।

कार्यालयका सहनिर्देशक रितुनाथ लम्सालले म्याग्दीका १४ बैंक तथा वित्तीय संस्थाका २० वटा शाखाबाट सो मात्रामा रेमिट्यान्स भुक्तानी भएको जानकारी दिए ।

बेनी, दरवाङ, बाबियाचौर र भुरुङ तातोपानीमा रहेका बैंकका शाखाबाहेक विभिन्न कम्पनीका एजेन्टमार्फत भएको भुक्तानी जोड्दा अझ बढी रेमिट्यान्स जिल्लामा भित्रिएको छ ।

पछिल्लो समय युवायुवती रोजगारी र अध्ययनका लागि विदेशीएसँगै रेमिट्यान्स पनि भित्रन थालेको प्रभू बैंक बेनी शाखाका प्रबन्धक निरज पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा