April 16, 2019

एकीकृत सरकारी कार्यालय कावासोतीमा स्थापना गरिने

 बैशाख ३  नवलपुर,

 

नवलपुर सदरमुकाम कावासोतीमा सबै सरकारी कार्यालय एकीकृत रूपमा सञ्चालन गर्ने तयारी भएको छ । सरकारी कार्यालय एकीकृत रूपमा सञ्चालन गर्न कावासोतीस्थित रामनगरमा एक सय ७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ । सोही जग्गामा  केन्द्र, प्रदेश र जिल्लास्तरका सबै सरकारी कार्यालय स्थापना गर्ने तयारी स्थानीय प्रशासनले अघि बढाएको हो ।भू–माफियाहरूले पर्ती जग्गालाई विभिन्न बहानामा अतिक्रमण गर्ने प्रयास गरिरहेका वेला सो जग्गा सरकारमातहत ल्याइएको प्रतिनिधिसभा सदस्य तिलक महतले जानकारी दिए ।

व्यवस्थित र एकीकृत रूपमा सबै सरकारी कार्यालय सञ्चालन गर्ने उद्देश्यले काम अघि बढाइएको सांसद महताले बताए । ‘नवलपुरलाई सदरमुकाम बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरेका हौँ,’ महतले भने, ‘एकीकृत रूपमा सबै कार्यालय सञ्चालन गर्दा नागरिकले एकै स्थानबाट सबै सेवा सहज 
रूपमा पाउनेछन् ।’ 

एकीकृत सेवाकेन्द्र क्षेत्रमा दुई हजार मानिस अट्ने सभाहल, व्यवस्थित पार्किङ, चमेनागृह, पार्क, कभर्ड हलसहितका संरचना निर्माण गरिनेछन् । ‘नया“ जिल्लाका रूपमा विकास हुँदै गएको नवलपुरलाई नमुना सदरमुकाम बनाउने उद्देश्य हामीले लिएका छौँ,’ महतले भने । 
 ७ वैशाखमा प्रधानमन्त्रीले शिलान्यास गर्ने
एकीकृत सरकारी कार्यालयको शिलान्यास प्रधानमन्त्री केपी ओलीले ७ वैशाखमा गर्दै छन् । त्यसका लागि जिल्ला समन्वय समिति नवलपुरका संयोजक चेसराम आलेको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष, गण्डकी प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्रीलगायतको उपस्थिति रहने आलेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित