एकीकृत पार्टीको लक्ष्य समाजवादः डा. भट्टराई

काठमाडौं , बैशाख २२ : नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले समाजवादलाई गन्तव्य मानेर संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकता गर्न लागिएको स्पष्ट पारेका छन्।

 संयोजक भट्टराईले भोली (सोमबार) दुई पार्टीबीच हुने एकता समाजवादलाई गन्तव्य मानेर अघि बढ्ने सहमतिका लागि गरिएको जानकारी दिए।उनले साम्यवाद सम्भव नभएको तर्क गर्दै त्यसको बलियो विकल्पका लागि आफूहरुले समाजवाद स्थापनाको नेतृत्वका लागि पहल गर्न दुई पार्टीबीच एकता गर्न लागिएको पनि स्पष्ट पारे।

भोली (सोमबार) भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच एकीकरण भई बन्ने पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राख्ने सहमति भएको छ।

संयोजक भट्टराईले कम्युनिष्ट पार्टीहरुको संगठन सञ्चालन प्रणाली पनि त्रुटीपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन जरुरी रहेको पनि बताए। २ जना नेतृत्वमा रहने गरी एकता हुन लागेको सो पार्टीको मुख्य लक्ष्य मुलुकमा समाजवाद स्थापना गर्नु हुने संयोजक भट्टराईको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक