उम्मेदवारको अन्तिम तथ्यांक सार्वजनिक, प्रमुख पदमा महिला ८.३५ प्रतिशत मात्र

nepal-election-commission-51877821२५ बैशाख, काठमाडौं । पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि ३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहमा उम्मेदवारको संख्या ४९ हजार ३ सय ३७ कायम भएको छ । यो वैशाख १९ गते उम्मेदवारी दर्ता गराई बैशाख २२ गते उम्मेदवारी फिर्ता लिएपछि कायम भएको उम्मेदवारहरुको सङ्ख्या हो ।

जस अनुसार पुरुषको सङ्ख्या ३० हजार ५ र महिलाको संख्या १९ हजार ३ सय ३२ कायम भएकोछ । प्रतिशतको हिसाबले जम्मा उम्मेदवारमध्ये पुरुष ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत रहेका छन् ।

नगरप्रमुख तथा अध्यक्षमा पुरुष ९१.६५ प्रतिशत (१७२३) र महिला ८.३५ प्रतिशत (१५७), नगरउपप्रमुख तथा उपाध्यक्षमा पुरुष १८.५७ प्रतिशत (२५७), महिला ८१.४३ प्रतिशत (११२७) वडाध्यक्षमा पुरुष ९५.८३ प्रतिशत (१०२९६) महिला ४.१७ प्रतिशत (४४८) जना रहेका छन् ।

यसैगरी, वडा सदस्य २ जनाका लागि पुरुष ९४.७१ प्रतिशत (१७७२९) महिला ५.२९ प्रतिशत (९५१), महिला वडा सदस्य ९०८३, दलित महिला वडा सदस्यमा ७५२६ जनाको उम्मेदवारी कायम रहेको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राजनीतिक दलहरुले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष मध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने