३१ वैशाख, एजेन्सी। उत्तर कोरियाले नयाँ मिसाइल परीक्षण गरेको छ। देशको उत्तरपश्चिम स्थित कुसोङ नजिक रहेको परीक्षण केन्द्रबाट आइतबार नयाँ मिसाइल प्रक्षेपण गरिएको दक्षिण कोरियाका अधिकारीहरुले बताएका छन्।
दक्षिण कोरियाली अधिकारीहरुको अनुसार मिसाइलले ७०० किलोमिटर यात्रा गरेको छ। मिसाइल जापानी सागर तर्फ ७०० किलोमिटर टाढासम्म उडेको अमेरिकी अधिकारीहरुले पनि पुष्टि गरेका छन्। तर यो मिसाइलको प्रकारबारे भने एकिन भइनसकेको बताइन्छ।
दक्षिण कोरियाको राष्ट्रपतिमा मुन जे इन निर्वाचित भएपछि उत्तर कोरियाको यो पहिलो परीक्षण हो। मुन उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्न उसंग छलफल गर्ने पक्षमा छन्।
उत्तर कोरियाको नयाँ परीक्षणको जापानी प्रधानमन्त्री सिन्जो आबेले निन्दा गरेका छन्।
‘अन्तराष्ट्रिय दबाबको बावजुद उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ। यो स्वीकार्य छैन। हामी यसको कडा विरोध गर्छौ’, उनले परीक्षण पश्चात एक पत्रकार सम्मेलनमा भने।
दक्षिण कोरिया र अमेरिकाले असफल भनेको परीक्षणको दुई हप्ता पश्चात उत्तर कोरियाले फेरि नयाँ परीक्षण गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा सत्ता सम्हालेपछि उत्तर कोरियाले ९ वटा मिसाइल प्रक्षेपण गरिसकेको छ।
पछिल्ला महिनाहरुमा उत्तर कोरिया र अमेरिकाबीचको तनाव उच्च विन्दुमा भएपनि हिजो मात्र दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले उत्तर कोरिया सहि परिस्थितिमा अमेरिकासंग वार्तागर्न तयार हुनसक्ने खबर छापेको थियो।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।