उत्तर कोरियाले ट्रम्पलाई उनकै अगाडि ‘कुकुर भुकेको’ भनेपछि…

५ असाेज,न्यूयोर्क: उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको महासभामै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुकुरको संज्ञा दिएको छ । राष्ट्रसंघको बैठकमा उत्तर कोरियाली विदेशमन्त्री रि योंग होले अमेरिकाको निकै कडा आलोचना गरे । राष्ट्रसंघको बैठकमा ट्रम्पको बक्तव्यलाई उनले ‘भुकेको’ बताए ।

उत्तर_कोरियाले_संयुक्त_राष्ट्रसंघको_बैठकमा_ट्रम्पलाई_उनकै_अगाडि_‘कुकुर’_भनेपछि___6679होले भने –‘बैठकमा ट्रम्पको भाषण भुकेको जस्तै लागेको थियो । अमेरिकाको धम्की पनि यस्तै हो ।’ राष्ट्रसंघको बैठकमा ट्रम्पले उत्तर कोरियाली शासक मिक जोंङ उनलाई ‘रकेट म्यान’ भनेका थिए । ट्रम्पले भनेका थिए ‘रकेट म्यान आफू र आफ्नो शासन दुवैको लागि सुसाइड मिसनमा छन् ।’ उत्तर कोरियाको आणविक हतियार कार्यक्रमलाई लिएर ट्रम्पले यसो भनेका थिए ।

रि योंग होले भने ‘हाम्रो देश धम्कीले डराउँदैन । यदि ट्रम्पले भुकेर हामीलाई तर्साउनेबारे सोचिरहेका छन् भने उनले निश्चित रुपमा सपना देखिरहेका छन् ।’ होले आफ्नो देशको तर्फबाट औपचारिक रुपमा महासभालाई भोलि सम्बोधन गर्नेछन् । भोलिको उनको सम्बोधन सबैको चासोको विषय बनेको छ । उनले उत्तर कोरियाको आणविक कायृक्रम र ट्रम्पको धारणाको विषयमा के भन्छन् भन्ने कुरामा चासो केन्द्रित भएको हो । डिसी नेपाल

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा

एक वर्षमा वैदेशिक रोजगारीमा जान ७ लाख बढी नेपालीले लिए श्रम स्वीकृति

८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको

प्रधानमन्त्री दाहालले देशकै वेइज्जत गरेकोमा प्रवासी नेपाली मञ्चद्वारा खेद व्यक्त

१६ फागुन, काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त