उत्तर कोरियाले इन्टरनेटको सुविधा कहाँबाट पाउँछ ?

south-korea-flag

संयुक्त राष्ट्र सुरक्षा परिषदको तर्फबाट आर्थिक प्रतिबन्ध झेलिरहेको उत्तर कोरियाले इन्टरनेट सेवा कहाँबाट पाउँछ ?

त्यहाँका मानिसहरु वा सरकार कसरी अन्य देशका भू–भागसँग आफूलाई कसरी जोड्ने गर्दछन् ? त्यो कुन देश हो जसले उत्तर कोरियालाई इन्टरनेट सेवा उपलब्ध गराउँछ ?

उत्तर कोरियाको खबरमा नजर राख्ने र यो देशलाई बुझ्न चाहनेहरुको मनमा यस्ता प्रश्न उब्जिने गर्दछन् ।

केही समय अघि एक खबर सार्वजनिक भएको थियो जसमा उत्तर कोरियाले रुसमार्फत इन्टरनेटको नयाँ कनेक्सन पाएको भनी दाबी गरिएको थियो । रुसको दूरसंचार कम्पनी ‘ट्रान्स टेलिकम’ ले उत्तर कोरियाका लागि यो सुविधा सुरु गरेको हो । साइबर सुरक्षा प्रदान गर्ने कम्पनी फायर आइले यसको जानकारी दिएको हो ।

फायर आइका अनुसार रुसी कम्पनीले आइबारदेखि उत्तर कोरियामा इन्टरनेट सेवा सुरु गरेको छ ।

अहिलेसम्म उत्तर कोरियामा चीनियाँ कम्पनी ‘चाइना यूनाइटेड नेटवर्क कम्युनिकेशन लिमिटेड’ एउटा मात्र यस्तो कम्पनी थियो जसले इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको थियो ।

\रुसको पकड बलियो हुनेः

रुसले उत्तर कोरियालाई इन्टरनेट सेवा उपलब्ध गराएको खबर त्यतिबेला सार्वजनिक भएको हो जब वैश्विक ताकत परमाणु शक्तिसम्पन्न यो देशमा प्रतिबन्धमार्फत लगाम लगाउने कोसिस गरिँदै छ ।

फायर आइ कम्पनीका एशिया प्रशान्त क्षेत्रका प्रमुख प्राविधिक ब्रायस बोल्याण्डले भने, ‘रुसले उत्तर कोरियालाई इन्टरनेटको अतिरिक्त सुविधा पाएपछि उत्तर कोरिया प्राविधिक क्षेत्रमा थप बलियो हुनेछ र उसको अगाडि विभिन्न नयाँ विकल्प उपलब्ध हुनेछन् ।’

उनी भन्छन्, ‘यसमार्फत् रुसले उत्तर कोरियाको इन्टरनेट ट्राफिकमाथि नजर राख्न मद्दत पाउनेछ ।’

संयुक्त राष्ट्रले उत्तर कोरियामाथि तेल र कपडाको आयात–निर्यातमा प्रतिबन्ध लगाएको थियो तर यसमा इन्टरनेटको प्रतिबन्ध समावेश थिएन ।

\वासिङ्टन पोष्टमा शनिबार एक रिपोर्ट प्रकाशित भएको थियो जसमा अमेरिकी साइबर कमानमार्फत उत्तर कोरियाको सैन्य गुप्तचर एजेन्सीलाई ह्याक गर्ने कोसिस गरिएको बताइएको छ ।

मार्टिन विलियम उत्तर कोरियाली प्रविधीका विशेषज्ञ हुन् । उनले ३८ नर्थ वेबसाइटमा उत्तर कोरियाले पाएको नयाँ इन्टरनेट कनेक्सनबारे लेखेका छन्, ‘अहिलेसम्म उत्तर कोरिया एउटा मात्र इन्टरनेट कनेक्सनमा निर्भर थियो । यो उसको लागि एक अनिश्चित स्थिती थियो । अर्को एक इन्टरनेट सेवा उपलब्ध भएपछि अब उक्त देशसम्म विकल्प पैदा भएको छ ।’

यसअघि सन् २०१४ मा सोनी पिक्चर्समाथि भएको साइबर अट्याकको ठूलो असर उत्तर कोरियामा भएको थियो । सोनी पिक्चर्सले उत्तर कोरियाली नेता किम जोंग उनको हत्याको षड्यन्त्रमा आधारित एक हाँस्यफिल्म ‘द इन्टरभ्यू’ बनाएको थियो जसबारे निकै विवाद पैदा भएको थियो ।

\उत्तर कोरियामाथि प्रतिबन्धः

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पछिल्लो महिना उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको थियो । चीन र रुसले पनि नयाँ प्रतिबन्धमा सहमती जनाएका थिए ।

उत्तर कोरियाले गत सेप्टेम्बर ३ तारिखमा छैटौं र आफ्नो सबैभन्दा ठूलो परमाणु परिक्षण गरेको थियो । यसै कारण सुरक्षा परिषद्ले नयाँ प्रतिबन्ध लगाएको थियो ।

उत्तर कोरियाले परमाणु बम विकसित गरेको र यसलाई मिसाइलमा लोड गर्न सकिने दाबी गरेको छ र

नयाँ प्रतिबन्धमार्फत उत्तर कोरियाको आय स्रोत बन्द गर्ने कोसिस गरिएको छ ।

उत्तर कोरियाबाट कपडाको निर्यातमा रोकको स्विकारोक्ति दिइएको छ । यसका साथै उत्तर कोरिया तोकिएको सीमासम्म मात्र कच्चा तेलको आयात गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने