इमर्जिङ नेसन्स कपमा बंगलादेशविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्दै

Cricket_9_IDr1cPEPyK-750x500बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटमा आज नेपालले आयोजक बंगालदेश यू २३ को सामना गर्नेछ । पाकिस्तान यू २३ सँग सोमबार भएको पहिलो खेल ६ विकेटले गुमाइसकेको नेपालका प्रतियोगिताको अघिल्लो चरण पुग्ने सम्भावना जीवत राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

पहिलो दिन बंगलादेशले पनि हङकङलाई ८ विकेटले हराएर विजयी सुरुआत गरिसकेको छ । समूह चरणको खेलपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । जवाफमा पाकिस्तानले ४५.१ ओभरमा ४ विकेट गुमाउँदै जितका लागि आवश्यक रन जोडेको थियो ।

अर्को खेलमा ३५.१ ओभरमा हङकङलाई १ सय २५ रनमा अलआउट गरेको बंगलादेशले १६.१ ओभरमा २ विकेट गुमाएर आवश्यक रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति