इन्डाेनेसियालाई हराउँदै नेपाली क्रिकेट टोली फाइनलमा

काठमाडौं , माघ ४ : थाइल्यान्डमा जारी महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा अपराजित रहेकाे नेपाली महिला टोली शुक्रबार इन्डाेनेसियालाई फराकिलो रन अन्तरले हराउँदै फाइनल प्रवेश गरेको छ।

इन्डोनेसियाविरुद्ध ९२ रनको कीर्तिमानी विजय हात पार्दै नेपाली महिला टोलीले फाइनलमा स्थान निश्चित गरेको हो।

अन्तर्राष्ट्रिय टी–२० प्रतियोगितामा नेपाली महिला टोलीले पाएको यो सबैभन्दा ठूलो रन अन्तरको सफलता हो।

इन्डोनेसियाली टोलीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। पहिला ब्याटिङ गरेको नेपालका लागि ओपनर सीता राना मगरले ४८ रन बनाइन्। इन्दु बर्माको ३७ रन बनाइन् भने काजल श्रेष्ठको १४ रनको योगदान रह्यो। २० ओभरमा ३ विकेट गुमाउँदै ११९ रन बनायो।

१२० रनको लक्ष पाएको इन्डोनेसिया नेपाली बलर सामु निरीह सावित भयो। ११.१ ओभरमा २७ रन बनाउँदा इन्डोनेसियाली महिला टोली अल आउट भयो। कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन् भने कविता कुँवर, नेरी थापा, सीता राना मगर र सरिता मगरको पोल्टामा एक एक विकेट पर्यो।

नेपालले फाइनलमा युएई र थाइल्यान्डको विजताको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति