इन्जिनियरिङ कजेलमा देखिएको विवाद समाधानकालागि उपसमिति गठन

६ मङ्सिर , काठमाडौं : संसदीय समितिले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि उपसमिति गठन गरेको छ। 

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले सो कलेजको विवाद समाधानका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो।

स्वामित्वको विषयलाई लिएर सो कलेज आन्तरिक विवादमा फसेको छ। सोही समस्यालाई समाधान गर्न उपसमिति गठन गर्नु परेको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्।

योगेश भट्टराई संयोजक तथा उमेश श्रेष्ठ र हितबहादुर तामाङ सदस्य रहेको उपसमिति आफैँले समय निर्धारण गरी सो कलेजको विवाद समाधानका लागि अध्ययन प्रतिवेदन तयार पारी समितिमा पेश गर्नेछ। सभापति घर्तीले उपसमितिलाई सो कलेजको विवाद समाधान हुनेगरी आफ्नो कामलाई तत्काल अघि बढाउन पनि निर्देशन दिइन्। 

समितिले समितिका सदस्य तथा सचिवालयका कर्मचारीको ‘क्षमता अभिवृद्धि कार्यक्रम’ पनि संचालन गर्ने तयारी गरेको छ। आगामी मंसीर १६ र १७ गते सो कार्यक्रम गर्ने प्रस्ताव समितिमा पेश भएको समितिका सदस्य योगेश भट्टराईले जानकारी दिए।

समितिका सदस्य र सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रमको प्रशिक्षकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवाष नेम्वाङ र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीलाई राख्ने समितिको योजना छ। 

बैठकमा समितिका सदस्यहरुले दिइएका  निर्देशनलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने गरी समितिले आफ्नो कामकार्वाहीलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए। समितिका सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले समितिको निर्देशनलाई कार्यान्वयनमा लैजानगरी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। 

समितिका अर्का सदस्य उमाकान्त चौंधरीले परिवर्तनको अनुभूति हुने गरी काम गर्न सक्ने गरी समितिलाई प्रभावकारी बनाउनुपर्ने बताए। उनले विगतका समितिहरुले दिएको निर्देशन कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै त्यसबाट पाठ सिकेर वर्तमान समितिले आफ्नो कामलाई अघि बढाउनुपर्ने धारणा पनि राखे। 

समितिले क्षमता नभएकै कारण आफ्नो कामकार्वाही विगतमा प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै समितिका सदस्य तथा सचिवालयका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्ने तयारी गरेको हो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने