इतिहासले जन्माएका दुई नेता: केपी र प्रचण्ड

विष्णुप्रसाद चौलागाईंuml_bam_KTej9JONOw-300x210

फाल्गुन १३,, काभ्रे । मंसिर २१ गतेको प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव प्रचार–प्रसारको क्रममा नालाको तीनघरेको कोणसभामा काभ्रे जिल्लाका जिम्मेवार माओवादी कार्यकर्ता दोर्जे तामाङले गोकुल बाँस्कोटालाई सोधे ः हामी तपाईलाई पक्कै भोट हाल्छौं, माओवादी र एमाले पार्टी मिल्छ भने मात्र ? गोकुल बाँस्कोटाले तत्कालै भने ढुक्क भएर वाम गठबन्धनका उम्मेदवारलाई भोट हाल्नुहोस्, एमाले–माओवादी पार्टी मिल्छ ।
त्यसपछि गोकुल बाँस्कोटा चुनाव जितेर पूर्वको रोल्पा, रोल्पाको पनि थवाङ भनेर चिनिने काभ्रे कोशीपारीको पोखरी चौरी पुगे, त्यहाँ पनि गोकुल बाँस्कोटालाई एमाले र माओवादी केन्द्र मिल्ने÷नमिल्ने प्रश्न सोधियो । गोकुल बाँस्कोटाले त्यहाँ पनि खरो उत्तर दिंदै भने– कुकुर र विरालोजस्तो देखिने माओवादी र एमालेहरु चाटाचाट गरेर गाउँ बस्तीमा यत्तिकै आएका होइनौं । उनले यो कुरा चौरी देउराली गाउँपालिकाले आयोजना गरेको ढाँडखर्क भञ्ज्याङको कार्यक्रममा पनि दोहो¥याए ।
यस पंक्तिकार पनि मंसिर २१ को चुनावमा र चुनावपछि गाउँ घुम्न जाँदा धेरैले नेकपा एमाले र माओवादी केन्द्र मिलेछन् भने कान काटेर … फालिदिउँला भनेका थिए । फागुन ७ गतेको ७ बुँदे समझदारीले माओवादी केन्द्र र नेकपा एमालेलाई मिल्न कसैले रोक्ने छैन । ती साथीले कान काटेकी काटेनन्, त्यो भने थाहा पाइएको छैन ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता सम्भव गराएपछि अहिले देशैभर दुई नेताको भने चर्चा छ । एकता सम्भव गराउन खटने एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बारेमा सकारात्मक बहस सबैतिर चलिरहेका छन् । आफ्नो राजनीतिक जीवनको अधिकांश समय दुःख र कष्टमा विताएका दुबै नेताले मुलुक सम्बृद्ध बनाउनका लागि बाम एकताका लागि गरेको योगदान र बलिदानको सबैले चर्चा गर्ने गरेका छन् । देशभित्र मात्रै हैन विदेशमा समेत यसलाई प्रशंसनीय कार्यको रुपमा चर्चा गर्न थालिएको छ ।
झापा आन्दोलनले राजनीतिमा सक्रिय भएर प्रधानमन्त्री समेत भैसक्नुभएका एमाले अध्यक्ष ओली र सशस्त्र विद्रोहवाट परिवर्तनका लागि लडेका माओवादी अध्यक्ष दाहाल दुई जना मिल्दा मुलुकमा स्थायित्व र विकासको ढोका खुल्ने अनुमान पनि धेरैले गरेका छन् ।
राजनीतिमै मात्रै जीवन विताएको केपी ओली मृत्युसँग जितेर अहिले देशका लागि केही गरौं भनेर जुटिरहनुभएको छ । मृगौलाले काम गर्न छाडेपछि प्रत्यारोपणपछिका समयमा उहाँले आफ्नो सम्पुर्ण जीवन देश र जनताका नाममा समर्पित गर्नुभएको छ । आफ्नो मृगौलाले काम गर्न छाडेपछि सापटी लिएर अंग प्रत्यारोपण गरेर जीवनलाई निरन्तरता दिने स्थितीमा जव ओली पुग्नुभयो, त्यो बेलादेखि नै उहाँले ब्यक्तिगत इच्चा आकांक्षा भन्दा पनि देश र सम्बृद्धिलाई मात्रै ध्यानमा राखेर काम गर्नुभएको छ ।
भारतीय नाकाबन्दी र भूकम्पपछि त केपी ओलीको काम प्रशंसनीय मात्रै थिएन सबै नेपालीले सम्मान गर्ने बनिसकेको थियो । पछिल्लो निर्वाचनको परिणाम पनि ओलीकै त्यही त्यागको परिणाम हो । बाम गठवन्धनले निर्वाचनको परिणाम ल्यायो भने नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकताले मुलुकलाई सम्बृद्धिको वाटोमा अघि बढाउछ भन्ने आत्मविश्वास एमाले अध्यक्ष केपी ओलीमा सदैब देख्छ सकिन्छ । विपक्षीले समेत अहिले उनलाई प्रष्ट र वैचारिक अडान भएको नेता भन्न थालिसकेका छन् ।
अर्कोतर्फ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सशस्त्र व्रिदोह, भूमिगत आन्दोलनदेखि शान्तिपुर्ण राजनीतिको अभ्यासमा आउदा पनि मुलुकको सम्बृद्धि हुन नसकेकोमा लामो समयदेखि चिन्तित नेताको रुपमा रहनुभएको छ । राजनीतिमा खारिएको र केही लिन भन्दा देशका लागि केही दिन भनेर आएको नेताको रुपमा उहाँको छवि बनेकाले पनि यतिवेला बाम एकतामा जनताले अपेक्षा धेरै राखेका छन भने सम्मान पनि ब्यक्त गरेका छन् । राजनीतिमा जनतासँग केही नलुकाउने र सत्य तथ्य बताउने नेताको रुपमा पनि दाहालको जनतामा छवि बनेको छ । जननिर्वाचित सरकार विरुद्ध राष्टपतिले चालेको कदमका कारण प्रधानमन्त्री पद नै छाडेर हिडन तयार भएर त्यागको राजनीतिमा ठाँउ बनाउनुभएका दाहाल पनि माओवादी केन्द्र र नेकपा एमालेको पार्टी एकताले मुलुकलाई सम्बृद्धिको वाटोमा अघि बढाउछ भन्ने आत्मविश्वासमा हुनुहुन्छ । त्यसैले इतिहाँसले जन्माएका दुई नेता केपी र प्रचण्ड अहिले नेपाली जनजनको जिब्रोमा रहेका छन् ।
दुई नेता र दुई दल मिल्दा अहिले देशभरि नै सकारात्मक संदेश गएको छ । बाम एकता औपचारिक रुपमा भएपछि यसले देशभित्रै आशा र सम्भावनाको सकारात्मक सन्देश पनि दिने निश्चित छ । केही दिन अघि दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणको लिखित सहमति भएको छ । दुबै दलका अध्यक्ष समेतले हस्ताक्षर गरेको सात बुँदे सहमतिमा पार्टीको नाम ’नेपाल कम्युनिष्ट पार्टी’ रहने र पार्टीको निर्देशक सिद्धान्त ’मार्क्सवाद लेनिनवाद’ रहने उल्लेख छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचमा एकीकरणका प्रारंभिक आधारहरु नाम दिइएको सहमतिपत्रमा पार्टी एकता संयोजन समितिमा रहेका एमालेका पाँचजना तथा माओवादी केन्द्रका तीनजना सहित आठजना वरिष्ठ नेताहरुले हस्ताक्षर पनि गरेका छ्न । नेपालमा कम्युनिष्ट पार्टीमा एकताभन्दा विभाजन धेरै देखिने गरेको थियो । तर ठूलो जनधनको क्षति र्पुयाउँदै सम्पन्न भएको सशस्त्र आन्दोलनको नेतृत्व गरेको माओवादी केन्द्र र पछिल्ला दशक संसदीय राजनीतिमा अभ्यस्त एमालेबीचको एकताले नेपाली राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने निश्चित छ । यसलाई धेरैले भने मुलुक सम्बृद्धिको आधारको रुपमा ब्याख्या गरेका छन । जुन सत्य र बस्तुनिष्ठ समेत छ ।
कम्युनिष्ट पार्टीको विगतलाई हेरेर केहीले एकतापछि पनि विभाजनको सम्भावना धेरैले उठाउने गरेकाले राजनीतिक नेतृत्व सचेत हुनुपर्ने स्थिती छ । एकतापछि पनि आलोपालो प्रधानमन्त्री भनेर आलोचना भैरहेको समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिलेलाई पाँच वर्षको निम्ति प्रधानमन्त्री भएको बताएपछि त्यसले थप जनस्तरमा खुसी थपेको छ । सोमवार पार्टी एकताबारे भएको सहमतिपत्रमा सरकारको नेतृत्वबारे केही उल्लेख थिएन तर भोलिपल्टै चितवन पुगेर दाहालले महाधिवेशन पछि त महाधिवेशनल के गर्छ भन्ने हुन्छ तर अहिलेको लागि चाहिं कमरेड केपी ओली नै पाँचै वर्षका लागि प्रधानमन्त्री हो भनेपछि धेरै भ्रम निवारण भएका छन् ।
अहिले गुट र फुटको लामो फेहरिस्त भएको नेपाली राजनीतिमा मुख्य दुई दलबीचको पार्टी एकीकरणको सहमतिले नयाँ मोड दिएको छ । असोज १७ गते जनमानसलाई आश्चर्य चकित बनाउँदै एमाले र माओवादी केन्द्रले एकीकरणको सन्देश दिएर नेपाली राजनीतिलाई तरङ्गित बनाएका थिए । चुनावी तालमेल गर्दै पार्टी एकीकरणसम्म गर्ने लक्ष्य सहितको सहमतिपत्रमा हस्ताक्षर गरेपछि भने सम्भावना र सम्बृद्धिको वाटो थप प्रष्ट हुँदै गएको छ ।
वाम गठबन्धन बनाएर चुनावमा होमिएका दुई दलको उद्देश्यलाई प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा जनताले अनुमोदन गरिसकेका छन् । चुनावी परिणामले जनता वाम एकताको पक्षमै रहेको देखाएको छ । विगतमा जुन बेला दलहरू फुटे, एकता र सहकार्य कमजोर भयो, त्यसबेला प्रजातन्त्र विरोधी पक्ष बलियो र मुलुक अस्थिरतामा होमियो । मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन ल्याउन सफलता प्राप्त भइसकेको अहिलेको अवस्थामा अगाडिको लक्ष्य समृद्धि हो । यसका लागि पनि सबै राजनीतिक दलबीच एकता तथा न्यूनतम कार्यक्रममा सहकार्य आवश्यक छ । एमाले र माओवादीबीच भएको यो एकताले अब राजनीतिक अस्थिरताको अन्त्य गर्दै मुलुकलाई आर्थिक समृद्धिको पथमा अग्रसर गराउने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र