इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

 

 मंसिर २५

इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

इटहरी, रासस । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ । 

बिहान ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको अवस्थामा एकाएक डोरमेट बनाउने उद्योगको तयारी वस्तु गोदाम क्षेत्रबाट आगो फैलिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 

उद्योगी भानु टिवडेवालको उक्त उद्योगमा कार्यरत प्रबन्धक शङ्कर ठाकुरका अनुसार आगलागीमा उद्योगका तयारी डोरमेट कच्चा पदार्थ र महत्वपूर्ण मेशिनमा समेत ठूलो नोक्सानी भएको छ । 

आगो लागेको केही समयमै इटहरीको वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसमेतको ठूलो उपस्थितिमा नियन्त्रण प्रयास भएको थियो । 

तत्काल धरान, इनरुवा, विराटनगर, दुहवी र सुन्दरहरैँचाको वारुणयन्त्रसमेत उद्योगको आगो नियन्त्रणमा आइपुगेकाले उद्योगमा अरु ठूलो नोक्सानी हुन नपाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । 

उद्योगमा के कारणले आगो लागेको हो भन्ने यकिन नभएको उल्लेख गर्दै उनले आगलागीबाट भएको नोक्सानीका विषयमा सोधखोज र यकिन तथ्याङ्क लिने कार्य भइरहेको पनि जानकारी दिए । उद्योगमा फैलिएको आगो पूर्णरूपमा नियन्त्रणको प्रयाससँगै क्षति कम होस् भन्ने उद्देश्यले काम भइरहेको पनि उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)