इजरायलद्वारा सिरियामा हवाई हमला

एजेन्सी, २५ पुस : इजरायलले आज जेट विमान साथै जमिनबाट तिनपटक सिरियाली भूमिमा मिसाइल आक्रमण गरेको एकजना सिरियाली सैनिकले त्यहाँको राष्ट्रिय टेलिभिजनलाई बताएको छ ।

syriaति सैनिकका अनुसार इजरायली जेट विमानले दमासकस नजिकको अल कतैफा क्षेत्रमा लेवानिस हवाइक्षेत्र भित्रबाट स्थानीय समयअनुसार विहानको साढे दुई बजे मिसाइल हानेको हो । त्यसक्रममा सिरियाली हवाई रक्षा दलले एउटा इजरायली जहाजलाई ध्वस्त बनाएको ति सैनिकले बताए ।

उक्त जहाजलाई ध्वस्त बनाएपछि इजरायलले कब्जा गरेको गोलन हाइट्सबाटै उसले मिसाइल हानेको थियो । तर सिरियाली रक्षा सैनिकहरुले ति मिसाइललाई ध्वस्त बनाएको थियो ।

इजरायल हाल सिरियाली भूमिमा इरानलाई शिविर खडा गर्न र लेवनानी हाजिबूल्लाह समूहलाई उच्च स्तरीय हतियार ढुवानी गर्न रोक्न प्रतिबद्ध छ ।

सिरियाली सेनाले आफ्नो विज्ञप्तीमा त्यस हमलाको गंम्भिर प्रतिक्रिया दिने चेतावनी दिँदै उसले इजरायलले सिरियामा लडाँकू समूहहरुलाई समर्थन गर्न हमला गरेको पुरानो आरोप दोहोर्‍याएको छ  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण