इंग्ल्यान्ड विश्व कपको क्वार्टरफाइनलमा, कोलम्बिया बाहिरियो !

स्पार्टाक (एजेन्सी) – इंग्ल्यान्ड रसियामा जारी विश्व कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । विश्व कप इतिहासमा इंग्ल्यान्ड पेनाल्टी सुट आउटमा विजयी भएको यो पहिलो पटक हो । टाइब्रकेरको नायक रहे इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्ड । त्यसअघि इंग्ल्यान्ड र कोलम्बियाबीचको निर्धारित ९० र ३० थप समय खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

पेनाल्टी सुटआउटमा सुरुका २–२ पेनाल्टीमा दुवै टोलीले गोल गरेका थिए । कोलम्बियाका कप्तान राडामेल फाल्काओले पहिलो पेनाल्टीमा गोल गर्न सफल भए । इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पनि पेनाल्टीमा गोल गरे ।

दोस्रोमा कोलम्बियाका हुवा काड्राडोले र इंग्ल्यान्डका मार्कुस रासफोर्डले गोल गर्दा खेल टाइब्रकेरमा २–२ को बराबरी भएको थियो । तेस्रोमा कोलम्बियाका लुइस मुरियलले गोल गरे भने इंल्यान्डका जोर्डन हेन्डर्सनको प्रहारलाई कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले रोके ।

कोलम्बियाका लागि चौथो पेनाल्टी प्रहार गरेका मेटेउस उरिबीको प्रहार पोस्टमा लाग्यो । इंग्ल्यान्डका केरन ट्रिपरले गोल गर्दै खेललाई ३–३ को बराबरीमा पुर्याए । कोलम्बियाका कार्लोस बाकाको प्रहारलाई इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोके । इंग्ल्यान्डका लागि इरिक डियरले गोल गरेपछि टोली ४–३ ले विजयी भएको थियो ।

त्यसअघि इन्जुरी समयको तेस्रो मिनेटमा येरी मिनाले हेडमार्फत गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । कर्नरबाट आएको बलमा मिनाले हेडमार्फत गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए । त्यसअघि कप्तान ह्यारी केनको पेनाल्टी गोलबाट इंग्ल्यान्डले अग्रता लिएको थियो ।

केनले ५७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । कार्लोस सान्चेजले आफुलाई पेनाल्टी बक्स भित्र फाउल हानेपछि प्राप्त पेनाल्टीमा केनले विना कुनै गल्ति गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यो गोलसँगै केनले उच्चकर्ताको अन्तरलाई फराकिलो बनाएका छन् । जारी विश्व कपमा उनको गोल संख्या ६ पुगेको छ ।

यो खेलको विजेताले अब सेमिफाइनल प्रवेशका लागि स्विडेनको सामना गर्नेछ । यो खेलको समाप्तीसँग विश्व कप क्वार्टरफाइनलको समिकरण पुरा हुनेछ । यसअघि नै उरुग्वे, फ्रान्स, रसिया, क्रोएसिया, ब्राजिल, बेल्जियम र स्विडेन अन्तिम आठमा पुगेको थियो ।

क्वार्टरफाइनलमा उरुग्वे र फ्रान्स, रसिया र क्रोएसिया, ब्राजिल र बेल्जियम तथा इंग्ल्यान्ड र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड २ खेल जित्दै र १ खेल गुमाउंदै समूह ‘जी’ को उपविजेताको रुपमा प्रि क्वार्टरफाइनलमा छनोट भएको थियो । अर्कोतर्फ कोलम्बियाले पनि २ खेलमा जित र १ मा हारसहित समूह ‘एच’ को विजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा