दक्षिणी धादिङको धुनीबेसी नगरपालिका–३ को जीवनपुर इँट्टा उद्योगमा आज अज्ञात समूहले विस्फोट गराएको छ ।बम विस्फोटका कारण इँट्टा उद्योगको चिम्नी, जेनेरेटर, ट्र्याक्टरलगायतको सामग्रीमा क्षति पुग्दा रु छ लाख बराबरको नोक्सानी भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले बताउनुभयो ।
घटनाको अनुसन्धान भइरहेको र उद्योगमा विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । ६ महिनाअघि बिप्लव नेतृत्वको नेकपाले चन्दा मागेको र चन्दा नदिएकाले विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ । ६०० मजदुरले काम गर्ने उद्योगमा मजदुर नभएको मौकामा विस्फोट गराइएको थियो । (रासस)
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।