आलोचकको मुख बन्द हुने गरी जवाफ दिए नेयमारले !

रुसमा जारी फिफा विश्वकपमा ब्राजिलले अन्तिम आठको स्थान सुरक्षित गरेको छ । सोमबार राति भएको अन्तिम १६ को खेलमा मेक्सिकोलाई हराउँदै ब्राजिलले अन्तिम आठको यात्रा सुनिश्चि गरेको हो ।

ब्राजिलका स्टार स्ट्राइकर नेयमार भने आलोचनाको सिकार भएका छन् । पछिल्लो समय अतिरञ्जित फउल गर्ने गरेको भन्दै उनको आलोचना भइरहेको छ ।

तर, मेक्सिकोविरुद्धको खेलपछि प्रतिक्रिया दिँदै नेयमारले आफूलाई आलोचनाको वास्ता नभएको जवाफ दिएका छन् । मेक्सिकोविरुद्ध एक गोल र एक असिस्ट गरेका नेयमारले खेलपछि प्रतिक्रिया दिँदै आफू विवादित बन्न नचाहेको तर आलोचनाको वास्ता पनि नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘म मेरो आलोचनाको वास्ता गर्दिन । पछिल्ला दुई खेलमा त मैले प्रेससँग बोल्न छाडेको छु ताकि कुनै विवाद सृजना नहोस् ।’ उनले देशको जितमा सहयोग गर्न चाहेको र आफूले त्यही गरिरहेका समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।