आयोगलाई निर्वाचनको मिति घोषणा गर्ने अधिकार दिन सकिँदैनः कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्ने अधिकार दिन नसकिने स्पष्ट पारेको छ।

कांग्रेस नेता डा. मिनेन्द्र रिजालले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने प्रष्टयाउनु भएको हो। निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको भएकाले सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था नै उचित रहेको उनको तर्क थियो।

आइतबार काठमाडौंमा आयोजित ‘वर्तमान निर्वाचन प्रणाली कति उपयुक्त?’ विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै नेता रिजालले निर्वाचन सम्पन्न गराउने काम सरकार भएको भन्दै निर्वाचनको मिति घोषणा गर्ने काम निर्वाचन आयोगबाट हुनै नसक्ने दावी पनि गरे।

निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्न आफूले पाउनुपर्ने माग गर्दै आएको छ। नेता रिजालले निर्वाचन सम्पन्न गराउने दायित्व सरकार र राजनीतिक पार्टीहरुको बढी हुने भएकाले त्यसमा थप बहसको आवश्यकक्ता तत्कालका लागि नरहेको पनि स्मरण गराए।

कांग्रेस नेता रिजालले निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाउने काम गर्न नहुने पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक