आमा र शिशुको सुरक्षाका लागि पाँचवर्षे परियोजना

नवजात शिशु र आमाको जीवन सुरक्षाका लागि इलाममा यसै वर्षदेखि पाँचवर्षे नयाँ परियोजना शुरु भएको छ ।

150846920mother

‘‘वन हार्ट वल्ड वाइड’ नामक अमेरिकी संस्थाले पाँचवर्षे परियोजना सञ्चालन गरेको हो । परियोजनाले पहिलो वर्ष स्वास्थ्यसम्बन्धी सेवाको माग बढाउन चेतना विस्तार, व्यवहार परिवर्तन, स्वास्थ्य सेवाको गुणस्तर वृद्धि, सेवा प्रदायकको क्षमता विकास र सेवा केन्द्रहरूको गुणस्तर वृद्धिमा काम गर्ने जनाइएको छ ।

सेवाको माग बढाउन जीवन सुरक्षासम्बन्धी स्वास्थ्यकर्मीलाई तालीम दिइनेछ । दक्ष स्वास्थ्यकर्मीमार्फत समुदायसम्म त्यस्तो सीपको विकास गर्ने कार्यक्रम निर्धारण गरिएको छ । स्वास्थ्यसम्बन्धी चेतना विस्तारका लागि सामाजिक लेखाजोखा र स्वास्थ्य व्यवस्थापन समितिलाई सक्रिय बनाउने खालका क्रियाकलाप गर्ने कार्यक्रमका जिल्ला संयोजक निदेश रिजालले जानकारी दिनुभयो । स्वास्थ्यको गुणस्तर विकासका लागि ‘बर्थिङ सेन्टरको मर्मतसम्भार, वर्थिङ सेन्टरमा आवश्यक औजार वितरण गर्ने, अल्ट्रा साउण्ड मेसिन र फोटोथेरापी युनिट वितरण गरिनेछ ।

उक्त परियोजना लागू भएपछि गाउँमा नै प्रसूति सेवा उपलब्ध गराउनका लागि स्वास्थ्यकर्मीलाई दक्ष प्रसूति तालीम शुरु गरिएको छ । अहिले यहाँका १२ जना स्वास्थ्यकर्मीले दुईमहिने तालीम लिइरहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यही वर्षमा थप १२ जनालाई यस्तो खालको तालीम दिइने परियोजनाको वरिष्ठ कार्यक्रम संयोजक तथा क्षेत्रीय कार्यालय प्रमुख सञ्जीव श्रेष्ठले जानकारी दिनुभयो । सानो आकारको अल्ट्रा साउण्ड मेसिन यही वर्ष जिल्लाका चारवटा बर्थिङ सेन्टरलाई वितरण गरिने समेत श्रेष्ठले जनाउनुभयो । नवजात शिशुलाई निमोनियाबाट बचाउन आवश्यक फोटो थेरापी मेसिन जिल्ला अस्पतालमा राखिनेछ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले मासिक रूपमा प्रतिवेदन तयार पार्ने एचएमआइएस प्रणालीमा कतिपय तथ्याङ्क उपलब्ध नहुने र कतिपयले घरैमा प्रसूति गराउँदा आमा र बच्चाको ज्यान जाने गरेको भए पनि तथ्याङ्कमा सो विवरण उल्लेख नहुने भएकाले छुट्टै सर्वे गर्न लागिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि