January 30, 2018

आफुलाई हराउने जनताको जुत्ता टल्काउँदै कांग्रेस नेता

 

 माघ १६ मंगलबार।

काठमाडौं । गएको मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेपछि सत्तारुढ नेपाली कांग्रेसका नेता–कार्यकर्तामा निराशा छाएको थियो । पराजय व्यहोरेको एक महिना नपुग्दै कांग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाकै कारण निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेको भन्दै नेतृत्व परिवर्तनको माग अघि सारे ।  
कांग्रेसले हरेक वर्ष पुस १६ गते मनाउँदै आएको राष्ट्रिय मेलमिलाप दिवसकै दिन सात जना युवा नेताहरुले लिखित रुपमै नेतृत्व परिवर्तनको माग अघि सारेपछि नेपालको राजनीतिमा नयाँ तरंग उत्पन्न गरायो । 

कांग्रेसले निर्वाचनमा व्यहोरेको पराजयको समीक्षा गर्न केन्द्रीय समिति र महासमिति बैठक आह्वान गर्नुपर्ने र ‘अर्ली’ महाधिवेशन डाकेर नेतृत्व परिवर्तन गर्नुपर्ने माग अघि सार्ने उक्त ‘सात भाइ’ समूहको संयोजन गरेका थिए, कांग्रेसका युवा नेता चन्द्र भण्डारीले । 

तिनै युवा नेता भण्डारी मंगलबार बिहान राजधानीको व्यस्त मानिने नयाँ बानेश्वरमा जुत्ता पालिस गरिरहेको अवस्थामा भेटिए । उनलाई जुत्ता पालिस गर्ने काममा सघाइरहेका थिए, ‘सात भाइ’ समूहकै अर्का युवा नेता धनराज गुरुङले । 

कांग्रेस सभापति देउवाको राजीनामासम्म माग्दै हिँडेका कारण पछिल्लो समय चर्चामा रहेका नेताद्वय भण्डारी र गुरुङ नयाँ बानेश्वर चोकमा जुत्तामा पालिस लगाइरहेको देखेपछि केही बेरमै मानिसहरुको भीड लाग्यो ।

कांग्रेसका युवा नेताद्वय भण्डारी र गुरुङसँगै पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल र कांग्रेस कार्यकर्ता विनोद भट्टराई पनि भिडभाडका बीच बटुवाहरुका जुत्तामा पालिस र ब्रस लगाइरहेका थिए । तर उनीहरु बटुवाबाट जुत्तामा पालिस गरेबापत पैसा भने लिइरहेका थिएनन् । 

कांग्रेसभित्र रहेको ‘बेथिती’ सफा गरेर सुदृढ र मजबुत पार्टी निर्माणको अभियानमा जुटेको दाबी गर्दै आएका युवा नेताहरुलाई जनताको जुत्ता पालिस गर्ने अवसर जुराइदिएको थियो, कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले । प्रतिष्ठानले राष्ट्रिय शहिद दिवसको अवसर पारेर ‘राजनीति शुद्धिकरण (जुत्ता पालिस) अभियान’ कार्यक्रमको आयोजना गरेको हो ।  

नयाँ बानेश्वरमा मंगलबार बिहान आयोजित ‘राजनीति शुद्धिकरण (जुत्ता पालिस) अभियान’ कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष तथा पूर्वसभामुख दमननाथ ढुंगानाले गरेका थिए । उनले राजनीतिभित्र रहेको ‘फोहोर’ सफा गरेर राजनीतिलाई शुद्धिकरण गर्ने अभिप्रायले प्रतिष्ठानले ‘राजनीति सुद्धिकरण (जुत्ता पालिस) अभियान’ आयोजना गरेको बताए । 

‘‘प्रजातन्त्रको प्राण भनेको निष्ठा र इमान्दारिता हो । जनप्रतिनिधि, चुनाव र लिखित कानुन भएर मात्रै प्रजातन्त्र बलियो हुन सक्दैन’’, पूर्वसभमुख ढुंगानाले भने, ‘‘त्यसैले राजनीतिमा रहेको फोहोरलाई सफा गरेर प्रजातन्त्रमा प्राण भर्न जरुरी छ ।’’ राजनीतिक दलहरुले संविधान कार्यान्वयन गर्द जाँदा नैतिकवान र निष्ठावान बन्न अत्यन्तै जरुरी रहेको उनको भनाइ थियो ।  

प्रतिष्ठानका महासचिव विनोद भट्टराईले कांग्रेसका संस्थापक नेता स्वर्गिय भट्टराईका चार आदर्श उत्कट राष्ट्रप्रेम, उत्कट प्रजातन्त्रवादी, खरो इमान्दारिता र प्रतिपक्षी दलहरुसँगको सद्भाव सम्झिनका लागि ‘राजनीति सुद्धिकरण (जुत्ता पालिस) अभियान’ कार्यक्रमको आयोजना गरेको जानकारी दिए । 

पाँचखाल नगरपालिकाका नगर प्रमुख खरेलले स्वर्गिय नेता भट्टराईको मार्गदर्शनका साथ अघि बढेर युवाहरुले आ–आफ्नो पार्टीभित्र रहेका विकृति र विसंगति हटाउनुपर्नेमा जोड दिए । उनले २०४८ सालमा नेता भट्टराईलाई निर्वाचनमा जिताउन काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा ‘बाल कांग्रेस’ गठन गर्दा र त्यस पछि भोग्नु परेको अप्ठ्याराहरुको स्मरण पनि गरे ।      

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित