आप्रवासीको लश्करमाथि गोली चलाउन ट्रम्पले आदेश दिएको रिपोर्टको दाबी

मंसिर ६,काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासी लश्करहरूलाई छेक्नका लागि सीमाको सुरक्षा गरिरहेका अमेरिकी सेनालाई घातक हतियार प्रयोग गर्ने अनुमति दिएको बुधवार रिपोर्ट दिइएको छ । 

ह्वाइट हाउस निर्णय बोधपत्रमा ट्रम्पले हस्ताक्षर गरेका छन् र त्यसलाई न्युजवीकले प्रकाशित गरेको हो । मध्य अमेरिकी मुलुकहरूबाट आएका हजारौं आप्रवासीले सीमामा गस्ती गर्ने एजेन्ट र अन्य सरकारी कर्मचारीमाथि हानि पुग्ने गरी
हिंसा र अव्यवस्थाका घटना गराउन सक्ने विश्वसनीय प्रमाण र सूचना प्राप्त भएको चेतावनी त्यसमा दिइएको छ । 

यसले अमेरिकी सेनाको अधिकारलाई बढाउँदै सीमा रक्षकहरूलाई सुरक्षा दिनका लागि बलप्रयोग (घातक बलसहित) गर्न, भीड नियन्त्रण गर्न, अस्थायी थुनामा लिन र सरसर्ती खोजी गर्न अनुमति दिएको छ । 

दक्षिणपश्चिमी सीमामा लगभग ५९ सय सक्रिय सेनाको महंगो तैनाथीका कारण जन्मेको विवादका बीच यो मेमो आएको हो । ट्रम्पले मध्यावधि निर्वाचनभन्दा आठ दिनअगाडि यसको घोषणा गरेका थिए । 

मिलिटरी टाइम्सले बुधवार रिपोर्ट प्रकाशित गर्दै ह्वाइट हाउसका चीफ अफ स्टाफ जोन केलीले एउटा आदेशमा हस्ताक्षर गर्दै सेनालाई घातक हतियार प्रयोग गर्नसमेत सक्नेगरी अधिकार बढाएको लेख्यो । न्युजवीकले यसलाई पुष्टि गर्दै
यो अनि ट्रम्पको मेमोसमेत प्रकाशित गरेको हो । 

पत्रकारहरूसँग कुरकानी गर्दै रक्षामन्त्री जिम म्याट्टिसले सेनाले घातक हतियार प्रयोग गर्न सक्ने स्वीकार गरे तर डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीबाट विशेष अनुरोध आएपछि मात्र यो अधिकार प्रयोग गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण