प्रधानमन्त्री केपी ओलीले वरिष्ठ डा. गोविन्द केसीलाई राजनीति गर्ने भए राजीनामा दिएर पार्टी प्रवेश गर्न चुनौती दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश २ का नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुसित शनिबार विकास निर्माणबारे छलफल गर्दै प्रम ओलीले केसीमाथि कांग्रेसको आडमा अनशन बसी राजनीति गरिरहेको आरोप लगाउँदै पार्टी प्रवेश गर्न चुनौति दिएका हुन् ।
छलफल गर्दै उनले कुनै व्यक्तिलाई अगाडि सारेर मुद्दा बनाइएको भरमा त्यसलाई स्वीकार्न नसकिने बताए ।
प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी आमरण अनशनरत डा. गोविन्द केसीलाई आन्दोलन छाडेर सरकारी कर्मचारीको मर्यादामा बस्न चेतावनी समेत दिएका छन् ।
उनले डा.केसी जनताको करबाट तलब खाने सरकारी प्राध्यापक भएकाले मर्यादामा बस्नुपर्ने बताए ।
केसीले माग राख्दैमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिनेसमेत ओलीले बताएको छलफलमा सहभागी एक सांसदले जनाए ।
साथै छलफलमा प्रम ओलीले उपत्यकाका माइतीघर मण्डललगायत ठाउँमा जारी गरिएको निषेधाज्ञा पनि नहट्ने बताएका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द