काठमाडौँ, १९ जेठ – नेपालमा आज थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस मिटमा मन्त्रालयका प्रवक्ता  डा. विकास देवकोटाले  आज थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभएको थियो । भेटिएका नयाँ संक्रमित मध्ये २१३ जना पुरुष हुनुहुन्छ भने १३ जना महिला हुनुहुन्छ । कोरोना संक्रमण नेपालको ५९ जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अनुसार हालसम्म कोरोनाबाट संक्रमित व्यक्तिहरु मध्ये उपचार पश्चात निको भएर घर फर्किनेको संख्या २२१ पुगेको छ ।

तेस्तै नेपालमा कोरोनाको संक्रमणबाट अहिलेसम्म मृत्यु भएको संख्या ८ पुगेको छ ।

अहिलेसम्म नेपालमा कोरोनाबाट संक्रमित हुने व्यक्तिहरुको संख्या १७९८ पुगेको छ ।