आज राति दिल्ली राजस्थानसँग प्रतिस्पर्धा गर्दै , सन्दीप टिममा पर्ने सम्भावना !

दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा जितपुरस्थित सवाई मनसिंह रंगशालामा नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा सन्दीपको टिम दिल्लीले आज राति राजस्थान रोयल्ससँग  प्रतिस्पर्धा गर्दैछ ।  दुबै टिमले पहिलो खेलमा पराजयको शिकार बनेका छन् । आफ्नो पहिलो खेलमा किंग्स इलाभेन पञ्जाबसँग ६ विकेटले दिल्ली पराजित भएको थियो । यता, राजस्थान सनराइजर्स हैदराबादसँग ९ विकेटले पराजित भएको थियो ।

दिल्ली आज राजस्थानसँग खेल्दै, सन्दीप टिममा पर्लान् ?

पहिलो खेलमा डेब्यु गर्न नसकेका नेपालका सन्दीप लामिछाने राजस्थानविरुद्धको खेलमा खेल्न पाउने केही झिनो सम्भावना रहेको छ । पहिलो खेलमा पञ्जाब विरुद्ध दिल्लीका कुनै पनि स्पिनरले राम्रो बलिङ गर्न सकेनन् । 

भेट्रान लेग स्पिनर अमित मिश्र पहिलो खेलमा महंगो सावित भए तर उनले एक विकेट पनि लिन सकेनन् । अमितले ४ ओभर बलिङ गर्दै ४६ रन खर्चेका थिए । पहिलो खेलमा फितलो बलिङ गरेका अमितको इकोनोमी ११.५० रहेको थियो । त्यसो त, विदेशी खेलाडीमा ट्रेन्ट बोल्ट, ड्यानियल क्रिस्टेयन र क्रिस मोरिसले पनि राम्रो बलिङ गर्न सकेका थिएनन् । यद्यपी ब्याटिङतर्फ मोरिसले १६ बलमा अविजित २७ रन बनाएका थिए । तर ओपनिङमा आएका विदेशी खेलाडी कोलिन मुनरो भने ४ रनमा नै आउट भएका थिए ।

पहिलो खेलमा दिल्लीका मुख्य खेलाडी ग्लेन म्याक्श्वेल थिएनन् । उनी अष्ट्रेलियन खेलाडी एरोन फिन्चको विवाहमा गएका कारण पहिलो खेलेनन् । आजको खेलमा भने उनीको उपस्थिति हुनेछ । दिल्लीका स्पिनरले किफायती बलिङ गर्न नसकेको अवस्थामा सन्दीपले खेल्ने सम्भावना रहेको छ । ग्लेन म्याक्श्वेल, क्रिस मोरिस, ड्यानियल क्रिस्टेयन, सन्दीप लामिछाने, जासन रोय, टे«न्ट बोल्ट, कोलिन मुनरो र लिआम प्लुंकेट गरी दिल्लीमा ८ जना विदेशी खेलाडी छन् । यी मध्ये ४ खेलाडीले आजको खेल खेल्न पाउनेछन् । 

यु–१९ विश्वकप ह्याट्रिक विकेट तथा आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को प्लेयर अफ द सिरिज समेत भएका सन्दीप नेपालका प्रतिभाशाली खेलाडी हुन् । दिल्लीका कप्तान गौतम गम्भिर र प्रशिक्षक रिकी पोन्टिङको विश्वास जित्न सके सन्दीपले राजस्थान रोयल्स विरुद्धको खेल खेल्न पाउने छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति