August 14, 2019

आज देशको पहाडी भू-भागमा भारी वर्षा हुने

getty_lightening_lightning-485210623-58b9a05e5f9b58af5c794929_VxaZsZjwfM

साउन २९, काठमाडौँ । देशको मध्य तथा पुर्वी तराई भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा भईरहेको जल ताथ मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार बुधबार (आज) दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुनेछ । देशको पहाडी भू–भागका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

त्यस्तै, बुधबार (आज) राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पूर्वी तथा पश्चिमी भू–भागका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेको र उत्तरतिर सर्ने क्रममा रहेकाले नेपालको पूर्वी र मध्य भू–भाग नजिक एउटा न्युन चापीय प्रणाली रहेको छ र यो प्रणाली पश्चिमतिर सर्ने क्रममा रहेको छ।

मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर–प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)