असोज ८, काठमाडौँ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल आगामी २४ घण्टा देशका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागमा भने वर्षाका कारण पहिरो जान सक्ने भएकाले सामान्य सतर्कता अपनाउनु विभागले अनुरोध समेत गरेको छ ।
हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेको छ।
आज दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने आज राति देशभर सामान्य बदली रहनेछ। मध्य तथा पूर्वका केही साथै पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
असोज ९ गते
दिउँसोः देशभरी सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिः देशभरी सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
असोज १० गते
दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केहीस्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य तथा पुर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातिः देशभरी सामान्य बदली रहनेछ। पूर्वका थोरै साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौम विज्ञान विभागले जनाएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द