सरकारले नयाँ आर्थिक वर्ष सुरु भएसँगै आज (साउन १) बाट स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ।
आजबाट कुनैपनि कम्पनी, फर्म तथा रोजगारदाता कम्पनीले स्थायी लेखा नम्बर बिना तलब दिन पनि नपाउने भएका छन्। सरकारले आजबाट लागु हुनेगरी दैनिक एक हजारभन्दा माथिको ज्याला भूक्तानीमा प्यान अनिवार्य गरेको हो।
त्यस्तैगरी आजबाटै आयकरको सीमा पनि परिवर्तन भएको छ। आजबाट एकललाई वार्षिक ४ लाख र दम्पतिलाई साढे ४ लाख रुपैयाँभन्दा माथिको आयमा मात्र कर लाग्ने व्यवस्था लागु भएको छ। यसअघि एकललाई साढे ३ लाखमाथिको आयमा र दम्पतिलाई चार लाख माथिको आयमा कर लाग्दै आएको थियो ।
९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान रहेकामा हालसम्म ९ लाख जनाले प्यान नम्बर लिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। स्थायी लेखा नम्बर प्यान नम्बर लिनका लागि आन्तरिक राजस्व विभागको वेब साईड www.ird.gov.np मा गएर आफैँ भर्न सकिन्छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द