आजबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका निःशुल्क बससेवा सञ्चालनमा

बुधबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका छन् । दसैंको समयमा सार्वजनिक यातायत कम चल्ने भएपछि यात्रुहरुको सुविधाका लागि दुई प्रहरी संगठनले दसैं अवधिभरका लागि निःशुल्क बस सेवा सञ्चलानमा ल्याएका हुन् । 

721459588Logo

नेपाल प्रहरीले अष्टमी, नवमी र दशमीका दिन निःशुल्क बस उपत्यकाभित्रका ३ वटा रुटमा चलाउने महानगरिय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तले बताए । पन्तका अनुसार ३ ओटा बसमा एउटा रुट कलंकी–एकान्तकुना–पुल्चोक–माइतीघर हुँदै पुतलीसडक–रत्नपार्कसम्म चल्नेछ भने रत्नपार्कदेखि त्रिपुरेश्वर–कालीमाटी–कलंकी हुँदै सोही रुट परिक्रमा गर्नेछन् । 

दोस्रो रुटमा कोटेश्वरदेखि शहिदगेट हुँदै महाराजगंजको नारायणगोपाल चोक–गौशाला–मैतीदेवी  परिक्रमा गर्नेछ भने तेस्रो रुटको बस नयाँ बसपार्कदेखि चाबहिल–नक्साल– लैनचौर–सोह्रखुट्टे–नयाँ बजार–बालाजु चोक हुँदै बसपार्क पुग्ने प्रहरीले सार्वजनिक गरेको तालिकामा उल्लेख छ । यस्तै सशस्त्र प्रहरी बलले पनि बुधबारबाटै उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा सञ्चालनमा ल्याएको छ । 

सशस्त्र प्रहरीको निःशुल्क बस सेवाको एउटा रुट कलंकी–कालिमाटी–त्रिपुरेश्वर–माइतिघर, बानेश्वर–कोटेश्वर–ठिमी हुँदै सुर्यविनायकबाट फेरि कलंकी पुग्नेछ । दोस्रो रुटमा लगनखेल–जावलाखेल–पुल्चोक–त्रिपुरेश्वर–जमल–लैनचौर–नारायणगोपालचोक–बाँसबारी हुँदै बुढानिलकण्ठसम्म पुगेर सोही रुट हुँदै  लगनखेलसम्म पुग्ने सशस्त्र प्रहरी बलले जनाएको छ । 

तेस्रो रुटमा स्वयम्भु हल्चोकबाट कलंकी–बल्खु–सातदोबाटो–कोटेश्वर–गौशाला–चावहिल–सामाखुशी–बालाजु हुँदै चक्रपथ परिक्रमा गर्नेछ । चौथो बस स्वयम्भु हल्चोक हुदै बालाजु –सामाखुशी–चावहिल–गौशाला–कोटेश्वर–सातदोबाटो –बल्खु–कलंकी भएर चक्रपथ परिक्रमा गर्नेछ । 

सशस्त्रले निःशुल्क बस दसैंको विदा अवधिभर बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्ने जनाएको छ । नेपाली सेनाले भने दसैंको दिन ८ ओटा बस निःशुल्क सञ्चालन गर्ने यसअघि नै जनाइसकेको छ । महाशाखाका एसएसपी पन्तका अनुसार सुरक्षा निकायका निःशुल्क वसले यात्रुलाई गन्तव्यमा पुग्न राहत मिल्ने बताए । पन्तका अनुसार केही सरकारी बसहरु पनि उपत्यकामा निःशुल्क रुपमा चलाउने तयारी भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल