March 14, 2019

आजको राशिफल / वि.सं. २०७५ साल फागुन ३० गते बिहीबार

aajako-rashifal-copy-340x380

वि.सं. २०७५ साल फागुन ३० गते बिहीबार। इश्वी सन् २०१९ मार्च १४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– अष्टमी, २२:५४ बजेउप्रान्त नवमी। नक्षत्र– मृगशिरा, २४:४३ बजेउप्रान्त आर्द्रा। योग– प्रीति, ८:५९ बजेउप्रान्त आयुष्मान्। करण– भद्रा, ११:३८ बजेदेखि वव, २२:५४ बजेउप्रान्त वालव। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– वृष, १३:०७ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ६:१७ बजे, सूर्यास्त– १८:११ बजे र दिनमान २९ घडी ४४ पला। अष्टमी व्रत। गोरखकाली पूजा। होलिकारम्भ। चीरोत्थान गर्ने दिवस (चीरस्वाय)। फाल्गुण मसान्त।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मध्याह्नदेखि समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूले अलि सताउनेछन्।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। सोखले स्रोत–साधन जुटाए पनि खर्चको मात्रा अलि बढ्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

व्यवसायमा लगानी बढाउने समय छ। परिस्थितिले आकस्मिक खर्च गराए पनि सरसापट वा कर्जा लिएर धन जुटाउन सकिनेछ। प्रयत्न गर्दा यात्रा गर्ने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। मध्याह्नदेखि मिहिनेतले आत्मविश्वास बढाउनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। पारिवारिक जमघटले मन आनन्दित हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट लाभ हुनेछ। आयस्रोत सबल देखिए पनि उठ्नुपर्ने रकम तत्कालै हातलागी भने नहुन सक्छ। दिउँसोदेखि लगानीको अवसर प्राप्त हुनेछ भने पछिका लागि सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। कर्जाको धन भने मनग्गे प्राप्त हुनेछ। नियमित काम सम्पादन हुनेछन् र यात्राको अवसर पनि प्राप्त हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन् भने जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। तापनि, मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले जिम्मेवारी पनि दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। परिस्थितिले चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला, दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सोखले खर्च निम्त्याए पनि पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। दिउँसोदेखि परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

स्रोतसाधन जुट्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मतले काम लिँदा फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। तापनि लगनशीलताले फाइदा दिलाउनेछ। दिउँसोदेखि विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। प्रतिस्पर्धीलाई पछि पार्दै लाभ उठाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। दिगो योजनाका साथ अघि बढ्दा राम्रै लाभ मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। मिहिनेतले विशेष उपहार वा पुरस्कार दिलाउन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। साथीभाइसँग अलि सन्तुलित व्यवहार गर्नुपर्ला। साभार श्राेत ः नेपाली पात्रो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द