श्री शाके १९३९ बि. स. २०७४ साल मार्गशिर्ष १८ गते सोमबार इश्वी सन २०१७ डिसेम्बर ४ तारीख पौष कृष्ण पक्ष प्रतिपदा तिथी चन्द्रमा बृष राशिमा सुर्य दक्षीणायन हेमन्त ऋतु कोशिकोका संगममेला –
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम फलप्राप्त हुनेछ । खानपानको बिषेश योग रहेकोछ । स्वास्थमा सामान्य सुधार रहनेछ । अध्यन अध्यानका लागि समय मध्यम रहेकोछ । यात्रा कष्टकर रहन सक्नेछ । गैर बिश्वसनीय ब्यत्तिहरुको पछि लाग्नाले कार्य सम्पादनमा झन्झट आई पर्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रोकिएर रहेका कार्य सम्पादन गर्नका निम्ती उत्तम समय रहेको छ । साजेदारी कार्यबाट बिशेष लाभ प्राप्त हुनाले मन प्रशन्न रहनेछ । पारीवारीक साथ सहयोग तथा पुराना मित्र जनहरु सगँ रमाईलो भेटघाटको योग बन्ने छ । जिबन साथीको साथ सहयोग मार्फत ब्यापार ब्यवसाय सफल रहनेछन ।
मिथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह
तपाईको कार्यको श्रेय अन्य ब्यक्तिहरुले सहजै प्राप्त गर्नेछन । सामान्य आर्थीक अभावको सामना गर्नु पर्नेछ । मित्र तथा दाजु भाई सगँको रमाईलो यात्राको योग बन्नेछ । शारीरिक अस्वस्थाका कारण अध्यन क्षेत्रमा सामान्य प्रभाब रहन सक्नेछ । लापरवाहिका कारण माल सामान हराउन सक्नेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आय आर्जका निम्ती नयाँ कार्यको प्रारम्भ उत्तम रहनेछ । आजको लगानि भबिष्यको अर्थ आर्जको मार्ग बन्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीता तथा मान सम्मान प्राप्तीको योग रहेकोछ । हराएका सामान हरु फेला पर्न सक्नेछन । कार्य कुशलताले गर्दा सबै क्षेत्रमा चर्चा चल्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मान्यजनहरुको साथसहयोले कार्य सहजता पुर्ण सफल बन्नेछन । सामाजिक कार्यका क्षेत्रमा बिशेष फाईदा रहनेछ । बौधिक ब्यक्तित्वहरु सगँको भेटघाट फाईदा मुलक रहनेछ । सामान्य काममा अधिक समय र परीश्रम खर्चिनु पर्नेछ । पठनपाठनको निम्ति समय उत्तम रहेको छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
यात्रा मनोरञ्जन पुर्ण रहनेछ । पुराना मित्रहरु सगँको भेटले मनमा उत्साहा जाग्नेछ । नयाँ कार्यको थालनिले तपाईको भाग्योदय हुन सक्ने सम्भाबना रहेको छ । अरुको निम्ति सामान्य खर्च गर्नु पर्ला । पराक्रममा बृद्यि हुनाले कार्य सम्पादनमा सहज हुनेछ । हराएको सर सामान प्राप्तीको योग रहनेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
चोट पटक तथा स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
ब्यापार ब्यवसायमा सामान्य घाटा आईपर्न सक्छ । पारीबारिक झोरझमेलाले सताउन सक्नेछ । कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । शारिरीक आलस्ताले सताउन सक्छ । खानपानको क्षेत्रमा समय राम्रो रहेको छ । प्रेम सम्बन्धमा सुधार आउनेछ पति पत्नी बिच प्रेम बढ्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिस्प्रदामा उत्रन तपाईकोे समय ले त्यति साथ दिने छैन । स्बास्थ सम्बन्धी समस्याले सताउला । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनोरञ्जनात्मक कार्यमा समय ब्यतित हुनेछ । तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारिवारिक साथसहयोगले मन प्रशन्न रहला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायका क्षेत्रमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तपाईका रोकिएका कार्यहरु पूृनः सुचारु गर्दा सफलता प्राप्त हुनेछ । आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । सामान्य यात्राको योग रहेको छ । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ ।
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी