July 9, 2020

आजको राशिफल : असार २५ गते, बिहीबार

messenger sharing buttonवि.सं.२०७७ साल आषाढ २५ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– चतुर्थी,१२ घडी ०७ पला,बिहान १० बजेर ०७ मिनेट उप्रान्त पंचमी । नक्षत्र– शतभिषा,५६ घडी २२ पला,रातको ०२ बजेर २९ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– आयुष्मान,४० घडी १८ पला,बेलुकी ०९ बजेर २३ मिनेट उप्रान्त सौभाग्य । करण– बालव,बिहान १० बजेर ०७ मिनेट उप्रान्त कौलव,बेलुकी १० बजेर ४१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा– बज्र योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी २१ पला । पञ्चक । राहुकाल– मध्यान्ह १ बजेर ५१ मिनेटदेखी दिउसो ३ बजेर ३४ मिनेटसम्म रहने ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था सुदृढ हुँदै जाने हुनाले नया प्रकृतिको काम गरी आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ । इच्छा आकांक्षा पुरा गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) चुनौतिहरुलाई किनारा लगाउँदै कामहरु बनाउँन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुँन सकिनेछ । अध्ययनमा समय दिई आफ्नो विद्यालार्ई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथीभाइहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रशन्न हुनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रशासनिक क्षेत्रमा तपाईँको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेकोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट पनि रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रुपमा सबल हुने ग्रहयोग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मविश्वासमा कमि ल्याउनेछ । नगर्नु पर्ने काममा नै हात हाल्दा व्यवसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । माया प्रेममा धोका हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आवस्यक पर्दा साथ दिनेहरु प्रशस्त भेटिने हुँदा मन प्रशन्न हुनेछ । परिवारका साथ यात्राको तय गर्न सकिनेछ । स्थाई सम्पतिको भरपुर प्रयोग गर्न पाइनेछ । नाफा मुलक काम गरि आम्दानी गर्न सकिनेछ भने सेवा मुलक काम गरि नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । अध्ययनमा मन जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिष्ठित व्याक्तिसँग प्रतिस्पर्धा गर्नुपरे पनि अन्तत तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । पठन पाठनमा अलि मन नजादा गृहकार्यहरु समयमा सकाउन मुस्किल पर्नेछ । रमाईँलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउन सकिनेछ । विवाद प्रतिस्पर्धामा विपक्षहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्नेछ । विलाशीताले खर्च बढाएपनि भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । आर्थिक समस्या सुल्झाउँदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानि बढाउन सकिनेछ । वंश बृद्धिको गतिलो योग रहेकोछ भने नोकरीमा बढुला हुने योग रहेकोछ । बौद्धिकताले सम्मान दिलाउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईँको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम थाति रहनेछ । विभिन्न योजनाहरु छलफलका लागि ल्याउन सकिने भएपनि सहकर्मिहरुबाट नै विरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भिर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो तथा रमाइलो यात्रा गरि सकारात्मक नतिजा हात लगाउन सकिनेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साहित्य तथा कलाकारीता क्षेत्रमा समय खर्चिँदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यवसाय फस्टाएर जानेछ भने काउन्सेलिङ,मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्ग प्रस्तुति दिन सकिनेछ । कुुटुम्ब,आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय मध्ययम रहेकोले अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । मध्यान्हबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउने छन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुसी हुनेछन् । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ कामको खोजि गर्नेहरुले नोकरीमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले समयको सुक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेकोछ । नया प्रबृधिको प्रयोग गरि व्यापारलाई विस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनतले गन्तब्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द