आजको पत्रिकामा छापिएका समाचारका मुख्य अंशहरु

 1

१ फागुन, काठमाडौं । आइतबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल दबाव र तनाव भएको समाचारदेखि अनिश्चयबीच दलहरु निर्वाचनको अभियानमा लागेकोसम्मका समाचारले फ्रन्टपेजमा स्थान पाएका छन् ।2

प्रधानमन्त्री पुष्पकमल दाहाल तनाव र दबावमा भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले कालिकोटको कोटवाडामा पहिलोपटक हवाईजहाज पुगेको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।

 संविधान संशोधनमा सहमति नजुट्ने र चुनावको मिति पनि घोषणा हुन नसकेका वेला शनिबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटले कांग्रेस झन् सशंकित बनेको छ ।

‘भेटमा ओलीजीले नीति कार्यक्रम पनि ल्याउनुस् र बजेट पनि ल्याउनुस् भन्नुभएपछि आशंका उब्जिएको छ,’ देउवानिकट स्रोत भन्छ, ‘चुनाव पनि घोषणा नहुने र सरकार पनि नछोड्ने अवस्थामा सशंकित हुनु अस्वाभाविक होइन ।’

यो खबर आजको नयाँ पत्रिकामा छ ।3

 अन्नपूर्ण पोस्ट् दैनिकमा सुरक्षा विज्ञ समितिले राष्ट्रिय सुरक्षा सचिवालयलाई सुदृढ बनाउन सुझाव दिएको समाचारलाई महत्व दिएको छ ।

सप्तरीस्थित गोबरगाढा गाउँवासीको पीडालाई मुख्य समाचार बनाएको नागरिक दैनिकले भोट खसाल्न जनता आतुर भएको समाचारलाई प्राथमिकता दिएको छ ।

कान्तिपुर दैनिकको फ्रन्टपेजमा एमाले-मोर्चा नजिकिएको विषयमा विश्लेषणात्मक समाचार छापिएको छ ।

अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

सागरनाथ ७ सर्लाही घर भइ सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कृत भएको खबर आजको  कान्तिपुरमा  छ।
बालिका बलात्कृतको आरोपमा प्रहरीले पति-पत्निलाई नै पक्राउ गरेको छ। अनन्तलिंगेश्वरका ४० वर्षका राजकृष्ण कायस्थ र उनकी पत्नी राधाजंगम पक्राउ परेका हुन् । राजकृष्णले पत्नीकै सहयोगमा बालिका बलात्कार गरेको डिएसपी श्यामबाबु ओलियाले बताए।
टिभी हेर्ने तथा  पैसा दिने प्रलोभन देखाइ पत्नी राधाजंगमले घरमा नै लगेर राजकृष्णको जिम्मा लगाइ बाहिरबाट चुकुल लगाएकी थिइन् ।  त्यही समय राजकृष्णले बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका