आजका पत्रपत्रिका: एक सिटे दल सधैं सरकारमादेखि साउदीको जेलबाट फर्किएका नेपालीको कथासम्म

१९ माघ, काठमाडौं । बुधबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा स्थानीय तह निर्वाचनसम्बन्धी समाचारले फ्रन्टपेजमा स्थान पाएका छन् ।IMG_9466-695x1024IMG_9468-653x1024

नयाँ पत्रिका दैनिकले एक सिट मात्रै भएका साना दल सधैं सरकारमा पुग्ने गरेको समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै, बजेटमै नभएका कार्यक्रमका लागि मन्त्रालयहरुले २ खर्ब १५ अर्ब रुपैयाँ माग गरेको समाचारलाई महत्व दिएर फ्रन्टपेजमा छापेको छ ।IMG_9460-670x1024 (1)IMG_9461-667x1024

 

अन्नपूर्ण पोस्ट् दैनिकले साउदीको जेलमा सात वर्ष बसेर नेपाल फर्किएका नेपालीहरुको कथालाई महत्वका साथ प्रकाशित गरेको छ । त्यस्तै सरकारले अन्तर्राष्ट्रिय समुदायलाई छिटै चुनाव हुने बताएको समाचारलाई प्राथमिकता दिएको छ ।

नागरिक दैनिकले ‘चुनाव रोक्न बाहृय दबाव’ शीर्षकको समाचारलाई महत्व दिएको छ । त्यस्तै असाबधानीले आगलागीको घटना बढेको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

कान्तिपुर दैनिकले ऋणमा ब्याज चर्को भएको समाचार र निर्वाचनसम्बन्धी थप विधेयकमा सहमति जुटेको समाचारलाई महत्व दिएको छ ।
राजधानी दैनिकले सरकारको ६ महिना अवधिलाई समीक्षा गरेको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

गोरखापत्र दैनिकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘आगामी निर्वाचन अग्रगामी र प्रतिगामीबीचको भिडन्त’ भएको बताएको समाचार फ्रन्टपेजमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी