आजका पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु

४ वैशाख, काठमाडौं । सोमबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले निर्वाचन सार्न प्रधानमन्त्री प्रचण्डले कांग्रेसको धारणा मागेकोदेखि गृहमन्त्रीले दुई चरणमा निर्वाचन गर्ने भनेर दिएको अभिव्यक्तिसम्मका खबरलाई प्रमुखताका साथ लेखेका छन् । सहमतीय सरकारको लागि प्रधानमन्त्रीले पहल थालेको खबर पनि आजका पत्रपत्रिकामा छन् ।

गोरखापत्र दैनिकले राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जान लागेको विषयलाई प्रमुखताका साथ पहिलो पृष्ठमा छापेको छ । सहमति भए दुई चरणमै निर्वाचन गर्न सकिने भनेर गृहमन्त्री विमलेन्द्र निधिले व्यक्त गरेको भनाइलाई समाचार बनाएको गोरखापत्रले नेपालमै निःशुल्क मिर्गौला प्रत्यारोपण सुरु भएको अर्को विषयलाई पनि पहिलो पृष्ठमै स्थान दिएको छ ।
नयाँ पत्रिका दैनिकले चुनाव सार्नेबारे प्रधानमन्त्रीले कांग्रेसको धारणा मागेको जनाएको छ ।
‘राष्ट्रपति भारत यात्रामा’ शीर्षक दिएर मुख्य खबर लेखेको अन्नपूर्ण पोस्ट दैनिकले निर्वाचन बिथोल्न मोर्चाले आन्दोलन घोषणा गरेकोदेखि चीनसँग संयुक्त सैन्य अभ्यास सुरु भएकोसम्मका खबर फ्रन्टपेजमा छापेको छ ।

नागरिक दैनिकले सहमतीय सरकार निर्माणका लागि प्रधानमन्त्री प्रचण्डले पहल सुरु गरेको खबर लेखेको छ । उपत्यकामा प्रदूषण थेगिनसक्नुसँग बढेको र काठमाडौं बसोबासका लागि अयोग्य भएको अर्को महत्त्वपूर्ण विषय पनि नागरिक दैनिकले उठाएको छ ।
‘चुनाव रोकिन्नः सत्तापक्ष’ शीर्षक दिएर मुख्य खबर लेखेको कान्तिपुरले निजी विद्यालयका सञ्चालक पोस्न संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयन नगरी उल्टै फेर्न लागिएको खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी