आजका पत्रपत्रिकाका खबरहरु :

सम्झौता अनुसार विकास, निर्माणका काम नगर्ने निर्माण व्यवसायी ठेकेदार को सुची तयार गर्न र कारबाही गर्न गृहमन्त्रालयले मातहतका जिल्ला प्रशासन कार्यलय र प्रहरी प्रशासनलाई निर्देशन दिएपछि अहिले ७७ जिल्लामा यस्ता ठेकेदारको नामावली तयार भईरेको छ र कतिपय जिल्लामा पक्राउसमेत गरिएको छ, भन्दै आजको गोरखापत्र दैनिकमा ‘स्वागतयोग्य कदम’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

today-newspaper_t0txvcgjgm_jal3rk2vck_razi7ncmfa_zQzxPLzRYJ

यस्तै, देशभित्र एकातिर कृषिजन्य भुमि बाँझो रहने क्रम बढ्दै जाँदा अर्कातिर बाढी, पहिलो र डुबानजस्ता प्रकोपले कृषिजन्य भुमि बाँझो रहनुका पछाडी केहि कारण छन् ।, ‘बढ्दो बाँझो जमिन र कृषिको नोक्सानी’ शिर्षकमा आजको कारोवार दैनिकले सम्पादकीय छापेको छ । 

राजनीतिक दलहरुबीच लामो समयको रसाकस्सीपछि प्रतिनिधिसभा सञ्चालनसम्बन्धी नियमावली बनेको छ । 
फौजदारी अभियोग लाग्दैमा सांसद पद निलम्बन हुने नहुने र संसदीय समिति संख्याका विषयमा सत्तारुढ र प्रतिपक्षी दलहरुबीच मतभेदका कारण सदन तीन महिनासम्म अन्तरिक कार्यविधिका भरमा सञ्चालन गर्नुपरेको थियो, आजको कान्तिपुरदैनिकमा ‘संसदीय समिति छिटो बनाउ’ शिर्षकमा सम्पादकी छापिएको छ । 

प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदको पद जाने कि नजाने भन्ने विवादले नियमावली पारित गर्नलाई अलमल बनायो। शुक्रबार पारित भएको नियमावलीमा सांसदको पद निलम्बन नहुने व्यवस्था राखिएपछि सर्वाधिक आलोचना हुन थालेको छ ।, आजको नेपाल समाचारपत्रमा ‘निलम्बन नगर्दा आलोचना’ शिर्षकमा सम्पादकीय छ । 

र, सरकारले स्वास्थ्य सेवामा पहुँच बढाउँदै लैजाने प्रतिबद्धता बारम्बार गर्दै आए पनि व्यवहारमा त्यस्तो देखिँदैन । 
स्वास्थ्य क्षेत्रप्रतिको उत्तरदायित्वको सवालमा सरकारी प्रतिबद्धता सधैँ कमजोर देखिन्छ । 
स्वास्थ्य सेवामा पहुँच बढाउन सरकारले त्यस क्षेत्रसँग सम्बन्धित पुर्वाधार निर्माण त गर्नुपर्छ साथै मानव संसाधन विकासमा पनि उत्तिकै जोड दिनुपर्छ ।, आजको नागरिक दैनिकमा ‘स्वास्थ्य प्रतिबद्धताको स्थिति’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण