आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः पुष्पकमल दाहालको पार्टीभित्रै आलोचना

२३ माघ, माठमाडौं । आइतबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले ठूला राजनीतिक दलहरुबीच निर्वाचनको विषयमा बढ्दो असहमतिसम्बन्धी समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।Paper-Magh-18-2073

नयाँ पत्रिका दैनिकले तीन प्रतिशत थ्रेसहोल्ड राख्न दलहरुबीच सहमति बन्दै गरेकोलाई मुख्य समाचार बनाएको छ । त्यस्तै, भूकम्पमा मृत्यु भएका ३२ जनाको अझै सनाखत हुन नसकेको समाचारलाई पनि फ्रन्टपेजमा प्रकाशित छ ।

 

अन्नपूर्ण पोस्ट् दैनिकको फ्रन्टपेजमा सरकार संविधान संशोधन गर्न असफल भएको समाचारले स्थान पाएको छ । त्यस्तै हुम्लाको सदरमुकाममै औषधि थन्किएको समाचारले महत्व पाएको छ ।

33नागरिक दैनिकमा कृषि क्षेत्रमा सरकारले गरेको लगानी बालुवामा पानीजस्तै भएको समाचार प्राथमिकताकासाथ प्रकाशित छ । त्यस्तै प्रधानमन्त्रीसँग सत्तासाझेदार कांग्रेस सशंकित भएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

2राजधानी दैनिकले सशस्त्र प्रहरीको माली मिसन खारेज भएको समाचार र माओवादी-कांग्रेसबीच समबन्ध चिसिएको समाचालाई महत्व दिएको छ ।

कान्तिपुर दैनिकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीभित्रै आलोचनाको सामना गर्नु परेको समाचारलाई प्राथमिकता दिएको छ ।

1गोरखापत्र दैनिकले स्थानीय निर्वाचनका लागि वातावरण बन्दै गएको समाचारलाई महत्व दिएको छ ।

नेपाल समाचारपत्र दैनिकको फ्रन्टपेजमा नेपालीलाई अमेरिका आतंक भएको समाचार र युवा कार्यक्रम भद्रगोल भएको समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने