February 7, 2018

आचार संहिता लत्याउँदै उडे अध्यक्ष दाहाल

 

काठमाडांै । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिभिजनको बेथितीले चरम सीमा नाघेको गुनासो प्राप्त भएको छ । पछिल्लो समयमा निर्वाचन आचार संहितालाई उल्लंघन गर्दै टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाल फिजी उडेको खबर छ ।  संस्थानको एउटा रिपोर्टर जाने कार्यक्रममा अध्यक्ष  दाहाल आफै त्यो पनि निर्वाचन आचार संहिता लागेको समयमा २०७४ माघ १९ गते शुक्रबार १० दिनका लागि फिजी उडेका हुन् । 

सूचना तथा संचार मन्त्रालयले पनि कांग्रेस भएकै कारण दाहाललाई रोक्न नसकेको र टेलिभिजनभित्रको कांग्रेसको झुण्डको रुपमा रहेको  कर्मचारी संघले पनि आपूmलाई मन परेन भने संस्थाको हित विपरीत भन्ने तर संस्थाको लाखौ खर्च गरेर  संस्थाको कुनै हित नहुने कार्यक्रममा जाँदा कांग्रेस भनिएका अध्यक्ष दाहाल आचार संहिता उल्लंघन गर्दै हिड्दा चाहिं चूँसम्म बोल्न सक्दैन । इमानदारीपूर्वक काम गर्नेभन्दा पनि ब्यक्तिगत स्वार्थका लागि राजनीति गर्दै  टेलिभिजन भित्र मनपरी गर्दै आएको कांग्रेसको झुण्डले गर्दा टेलिभिजनभित्र ऐँजेरुको रुपमा चर्चित छ । अध्यक्ष दाहाल दीपकमणि धितालसहितको सानो समूहले जे भन्यो त्यही गर्ने गरेका कारण दाहाल आचार संहिता लागेकै बेला विदेश जाँदा पनि केही नभनेको र कुनै बिरोध नगरेको बुझिएको छ । टेलिभिजनलाई चरम दुरुपयोग गरेको र   आपूm र आफ्नो त  गोठको भैंसी पनि कांग्रेस भन्ने शालिक सुबेदीलाई  माओवादीको समर्थनमा महाप्रबन्धक भएका गोबिन्द रोक्काले  जिम्मेवार कर्मचारीको विरोध हँुदाहुँदै पनि एउटा कार्यक्रम संचालन गर्न दिएका छन ।

आरती चटौतको कार्यक्रम जबर्जस्ती झिकेर सुवेदीलाई  आरतीको कार्यक्रममा आउने  लाखौ बजेटसहितको विज्ञापन पनि गुम्ने भएको चिन्ता एनटीभीमा छाएको छ । यस अघि सोही कार्यक्रमका लागि महाप्रबन्धक रोक्काले  प्रति एक कार्यक्रम बराबर ११ हजार दिने गरी टिप्पणी उठाउन दबाब दिएका थिए । तर, २०७४ पुष मसान्तसम्म बहाल रहेका समाचार महाशाखा प्रमुख पवन श्रेष्ठले यहीँ जागिर खाने अनि कसरी  त्यति ठूलो रकम दिन मिल्छ भनी अस्वीकार गरेका थिए । गोबिन्द धिताल, महाप्रसाद लामिछाने, गोपाल दाहाल , दिपकमणि धिताल सहितको टिमले आफ्नै कांग्रेसकै भएपनि यति राम्ररी हाम्रो सल्लाह अनुसार चल्ने थिएनन् भनेकै कारण  मोहनबहादुर बस्नेतले पनि महाप्रबन्धक रोक्कालाई  कुनै चनौती र थ्रेट नगरेको पनि बुझिएको छ ।अर्को सरकार आएपछि के कसो गर्ला भनेर हतार हतारमा सुवेदीलाई कार्यक्रम संचालन गर्न दिइएको र उनको कार्यक्रम आउँदैछ भनेर केही दिन समाचार आउनु अघिको महत्वपूर्ण समय जुन समयमा लाखौ रकमको विज्ञापन हाल्न सकिन्छ । सो समयमा सुवेदीको कार्यक्रमको विज्ञापन गरेर एनटीभीलाई ठाडै दशौं लाख घाटा लगाउनेसम्मको काम भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भावी प्रधानमन्त्री केपी ओलीलाई  टेलिफोन गरेर शुभकामना दिएको समाचार समेत  नेपाल टेलिभिजनले पहिलो दिन साँझ रोकेको खुलासा भएको छ । समाचार महाशाखाका गोबिन्द धिताल, शालिक सुवेदी, अनिता बिन्दुहरूले ‘‘प्रधानमन्त्री हुने कहिले कहिले के न्यूज बनाउनु प¥यो’’ भनेको कुरा अर्को दिनसम्म चर्चामा आएको टिभी पत्रकारहरू बताउछन्  ।सोही कारण टेलिभिजनको वार्षिकोत्सवको शुभकामना लिन बालकोट जाँदा ओलीले नेपाल टेलिभिजनले पनि मेरो न्यूज हाल्छ र भनी ब्यंग्य गरेको पनि थाहा भएको छ । अनि ठूला नेताको चाकडीमा लागेका तिनै शालिकहरूले ‘‘हजुरको हामी यहीँ आएर रेकर्ड गरेर टक सो चलाउछौं’’ भन्न समेत भ्याएको समेत बुझिएको छ ।

अरु बेला काम गर्न नपर्ने ठूला नेताकोमा जानुपर्ने भयो तिनै चाकडीबाजहरू मात्र जानु पर्ने अनि न्यूजको जिम्मा लिएका भनिएका महाप्रबन्धकले तिनैलाई पोस्ने गरेको कारण टेलिभिजनमा वितृष्णा बढ्दै गएको गुनसो पनि आएको छ । बिडम्वना कति भने हिजोसम्म सबैभन्दा कमजोर टक सो भन्ने कार्यक्रमका प्रस्तोतालाई टेलिभिजनको बार्षिकोत्सबमा पुस्कृत गरिएपछि त टेलिभिजनमा सिस्टम, संस्कार, कामको मर्यादा मूल्यांकन गर्ने कस्तो पूर्वाग्रही भन्ने चर्चा भएको छ । र, सो बिषय हाँसोको विषय भएको छ । 

अर्को कुरा  केही हनुमन्तेहरूको सिफारिस र दबाबमा मोहनबहादुर बस्नेतले  नेपाल टेलिभिजनका संचालक समितिका सदस्य टंक पन्तलाई हटाएका थिए तर हटाएको दुई दिनमै सर्बोच्च अदालतको अन्तरिम आदेशबाट पुनबर्हाली गरेपछि हनुमन्तेहरूको अनुहार कालो निलो भएको खबर छ । मीनेन्द्र रिजाल र राम कार्की संचार मन्त्री हुँदा पनि त्यो ग्रुप हटाउनु प¥यो भनी गएको थियो तर उनीहरूले त्यत्तिको प्रतिष्ठित वरिष्ठ पत्रकारलाई हटाउने काम मबाट हुँदैन भनी फर्काएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी