सरकारले बाढीपीडित र सिँचाइ संरचना पुनर्निर्माणका लागि विभिन्न जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य थालेको छ।दुवै चरणको निर्वाचनको पूर्वसन्ध्यामा सरकारले ३७ भन्दा बढी जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य थालेको हो।
सरकारले दुई साताअघि बाढीपीडित क्षेत्रको पुनर्निर्माणका लागि १७ अर्बको महत्वाकांक्षी प्याकेज कार्यक्रम घोषण गर्ने निर्णय गरेको थियो।सिँचाइ मन्त्रालयले जिल्लामा पहिलो चरणमा नौ अर्ब रुपैयाँ पठाउने गृहकार्यलाई तीव्रता दिएको छ।
यो रकम उपभोक्ता समितिमार्फत खर्च गर्ने गरी मन्त्रालयले कार्ययोजना बनाएको छ। स्रोतका अनुसार सत्तारुढ दलनिकट व्यक्तिको सहभागितामा उपभोक्ता समिति बनाएर सोही समितिमार्फत नै अर्बौं रुपैयाँ खर्च गरिने छ।
निर्वाचनको मुखैमा जिल्लामा अर्बौं रुपैयाँ पठाउने र आफूनिकटका व्यक्तिलाई उपभोक्ता समितिमा राखेर मन्त्रीले भोट बैंक सुरक्षित बनाउन खोजेको विपक्षीको आरोप छ।बाढीपीडित र सिँचाइ संरचना पुनर्निमाणका लागि भन्दै सरकारले निर्वाचनको मुखमा विभिन्न जिल्लामा रकम पठाउन लागेको हो , यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत
काठमाडौँ, असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण