आगामी ३ दिन सम्म देशभरको मौसम कस्तो हुनेछ ? (पूर्वानुमानसहित)

काठमाडौं, २१ असोज । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार विजयादशमीको दिन देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुन सक्ने जनाएको छ ।

महाशाखाका अनुसार अहिले पश्चिम बंगालको उत्तरतर्फ रहेको न्यून चापीय क्षेत्रका कारण पूर्वी र मध्य भू-भागमा साथै पश्चिमी वायुको प्रभावका कारणले नेपालको पश्चिमी भूभागमा आंशिकदेखी सामान्य बदली हुने र हल्कादेखि मध्यम वर्षाको सम्भावन रहेको छ ।

मंगलवार दिउँसो देशभरी नै आंशिकदेखि सामान्य बदली हुने र मध्य र पूर्वका केही स्थान तथा पश्चिम पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलवार राती पनि मध्य तथा पूर्वी क्षेत्रका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आगामी ३ दिनको मौसम खबर यस्तो छ :

मौसम विश्लेषणMeteorological Analysis):

पश्चिम बंगालको उत्तर तर्फ रहेको न्यून चापीय क्षेत्रका कारण पूर्वी र मध्य भू-भागमा साथै पश्चिमी वायुका प्रभावका कारणले नेपालको पश्चिमी भू-भागमा आंशिकदेखी सामान्य बदली भई हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

देशभर समग्र मौसमको अवस्था )Present Weather Status):

हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।

असोज २१ गते (मंगलवार) शुभ विजया दशमीको दिन

दिउँसो: देशभरि आंसिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक -दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राति:  देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |

असोज २२ गते (बुधवार) 

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति:  देशभर आंशिक देखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |

असोज २३ गते (बिहिबार) 

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक -दुइ स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति:  देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउनुहोला।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने