April 12, 2018

आगामी आर्थिक वर्षदेखि सरकारले दर्ता नगरेको मोबाइल चलाउन नदिने

 

चैत २९, 
 
 
 
 
 
Nepal Live

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल वाँस्कोटाले केही दिनअघि आईएमईआई नम्बर दर्ता नगरी मोबाइल चलाउन नदिने बताए। यसले विदेशबाट मोबाइल ल्याउन पाइन्छ कि पाइदैन भन्ने अन्योलता सिर्जना गरेको छ। 

आगामी आर्थिक वर्षदेखि सरकारले दर्ता नगरेको मोबाइल चलाउन नदिने तयारी गरिरहेको छ। चोरीका मोबाइल नियन्त्रण गर्न र अपराध अनुसन्धानलाई सहज बनाउन सरकारले यस्तो तयारी गरेको हो। सरकारको जून तयारीले खासगरी विदेशमा रहेका नेपालीहरुको ध्यान खिचेको छ। अब बिदेशबाट फर्कदा मोबाइल ल्याउन नपाइने भनेर प्रचार गरिएको छ। 

तर, त्यो झुटो भएको मन्त्रालयले जनाएको छ। बिदेशमा रहेका नेपालीले व्यक्तिगत प्रयोजनका लागि मोबाइल बिदेशबाट ल्याउन पाउनेछन। सञ्चार राज्यमन्त्री बाँस्कोटा भन्छन,‘मोबाइल ल्याउन नपाउने भन्ने होइन, ल्याउन पाइन्छ, तर दर्ता गरेर मात्र चलाउन पाइन्छ भनेको हो।’ 

आईएमई नम्बर दर्ताका लागि एयरपोर्टमा डेस्क राखिने र त्यसलाई बिदेशबाटै फारम फर्न मिल्ने गरी अनलाइन सिष्टम समेत बनाउन लागिएको मन्त्री बाँस्कोटाले बताए। आईएमईआई नम्बर दर्ताका लागि कुनै शुल्क लाग्दैन। विदेशमा रहेका नेपाली कामदारहरुको लागि अझ सहज हुने गरी आफुहरुले योजना बनाएको उनले बताए। व्यक्तिगत प्रयोजनका लागि विदेशबाट मोबाइल ल्याउदा कुनै पनि प्रकारको भन्सार पनि नलाग्ने मन्त्री बाँस्कोटाले बताए। 

देशमा ठुलो मात्रामा तस्करी गरेर मोबाइल भित्राइएको गरेकाले त्यसलाई नियन्त्रण गर्न सरकारले यस्तो तयारी गरेको हो। यसबाट मोबाइलबाट हुने अपराध धेरै हदसम्म नियन्त्रण हुने प्रहरी अधिकारीहरु बताउँछन। कुन मोबाइल कसको नाममा दर्ता छ भन्ने पत्ता लाग्ने भएकाले अपराध नियन्त्रण सहज हुने छ। 

सबैजसो देशमा आईएमईआई नम्बर दर्ता नगरेका मोबाइल प्रयोग गर्न दिइन्न। नेपालमा पनि सरकारले मोबाइल प्रयोगलाई व्यवस्थित गर्न लागेको हो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे

असार १६ गते । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ । शनिबार

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्येमा वल्डलिंक उत्कृष्ट

जेठ १६, काठमाण्डौ । नेपालका अधिकांश स्थानहरुमा आप्mनो व्यवसाय विस्तार गर्न सफल रहेको इन्टरनेट सेवा

WorldLink र PUBG मोबाइलले गरे गेमिङ्गखेलमा अभूतपूर्व परिवर्तन गर्ने घोषणा

१७ बैशाख,काठमाडौं।अग्रणी मोबाइल गेम, PUBG MOBILE एवं नेपालको उत्कृष्ट ISP, WorldLink बीच एक सम्झौता गरिएको

नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई १ लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने

७ वैशाख,काठमाडौं। नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५०

क्रिकेटका लागि आवश्यक ईन्टरनेट सम्बन्धी सम्पूर्ण पूर्वाधार अब वर्ल्डलिंकले प्रदान गर्ने 

६ वैशाख,काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा क्रिकेटका

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय वीरगञ्जमा फोहोर फालिएको घटनाप्रति खेद प्रकट

२१ चैत,काठमाडौं । नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय वीरगञ्ज, मधेश प्रदेशको कार्यालय परिसरभित्र अनधिकृत व्यक्तिहरुको समूहले