November 15, 2018

आगामी आइपिएलमा सन्दीपले पुन:दिल्ली डेयरडेभिल्सबाट खेल्ने ?

ipl_player_sell3894

काठमाडौं, ३०, कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिगको सन् २०१९ को संस्करण पनि खेल्ने भएका छन् ।

दिल्ली डेयरडेभिल्सले सन्दीपलाई आगामी संस्करणको लागि पनि आफ्नो टिममा समावेश गरेको छ । अघिल्लो सिजनका ठूला खेलाडीहरुलाई टिम बाहिर राख्दा पनि सन्दीप भने दिल्लीमा अटाउन सफल भएका छन् ।

दिल्लीले पछिल्लो सिजनका कप्तान गौतम गम्भीरसँगै अन्य ठूला विदेशी खेलाडीलाई आफ्नो टिममा समावेश गरेको छैन । समावेश नहुनेहरुमा ओपनर जेसन रोय, अष्ट्रेलियन अलराउण्डरद्वय ग्लेन म्याक्सवेल र ड्यान क्रिस्टियन, लियाम प्लंकेट र जुनिअर डाला रहेका छन् ।

त्यसैगरी भारतीय स्पिनर सहबाज नदीम, अलराउण्डर विजय शंकर, अभिषेक शर्मा र विकेटकिपर नमन ओझा पनि टिममा समावेश भएका छैनन् । दिल्ली डेयरडेभिल्समा सनराइजर्स हैदराबादबाट ओपनर शिखर धवनले इन्ट्री गरेका छन् । त्यसैगरी विजय शंकर, अभिषेक शर्मा र सहबाज नदीमले भने हैदराबादमा इन्ट्री मारेका छन् ।

दिल्ली डेयरडेभिल्समा सन्दीपसँगै यात्रा निरन्तरता दिनेमा भने श्रेयस ऐर, ओपनर पृथ्वी शअ, ऋषभ पन्त, कोलिन मुनरो, क्रिस मोरिस, कागीसो रबाडा र ट्रेन्ट बोल्ट रहेका छन् । ऐरले पछिल्लो सिजन अन्त्यतिर टोलीको कप्तानी सम्हालेका थिए । त्यसैगरी भारतीय ब्याट्सम्यान मनाजोत कालरा, जयन्त यादव, राहुल टेवाटिया, हर्षल पटेल, अमित मिश्रा र आवेश खानले पनि सोही टिममा यात्रालाई निरन्तरता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति