आईपीएलमा भारतका पूर्वकप्तान धोनीविरुद्ध मैदानमा उत्रिँदै सन्दीप

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिलस आफ्नो १३ औं खेलमा आज चेन्नाई सुपर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । चेन्नाईविरुद्ध सन्दीप लामिछानेले खेल्ने पक्का जस्तै भएको छ ।

1519782476sandeep-(1)

फिरोज शाह कोट्ला रंगशालामा नेपाली समयअनुसार राति ८ बजेर १५ मिनेटमा सुरु हुने खेलमा घरेलु टोली दिल्ली जित्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ । यसअघि नै प्ले अफमा पुगिसकेको चेन्नाई भने शीर्ष स्थानमा रहनका लागि पनि जित्ने दाउमा हुनेछ ।

रोयल च्यालेन्जर्स बेंग्लोर विरुद्ध डेब्यु गरेका सन्दीपले आजको खेल पनि खेल्ने पक्का जस्तै छ । यसअघि बिहीबार नै दिल्लीले आफ्नो अफिसियल फेसबुक र ट्वीटरबाट सन्दीपले खेल्ने उल्लेख गरेको थियो ।

सन्दीपले खेलेमा क्रिकेटका स्टार खेलाडी विरुद्ध बलिङ गर्नेछन् । भारतका पूर्वकप्तान तथा चेन्नाईका कप्तान महेन्द्रसिंह धोनी, सेन वाट्सन, सुरेश रैना, ड्वेन ब्राभो, अम्बती रयुडु, फाफ् डु प्लेसिस् लगायतका विश्व चर्चित खेलाडीविरुद्ध खेल्नेछन् ।
आफ्नो डेब्यु खेलमा नै सन्दीपले उत्कृष्ट बलिङ गरेका थिए । उनले ४ ओभर बलिङ गरेर २५ रन खर्चेर १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति