काठमाडौं, ११ कात्तिक । इस्लामिक जिहादी समूह आईएसआईएसका प्रवक्ता समेत मारिएका छन् । जिहादी समूहका प्रमुख अबु बकर अल बग्दादी मारिएको केही घण्टापछि उक्त समूहका प्रवक्ता समेत मारिएका हुन् ।आईएआईएसका प्रवक्ता अबु हसन अल मुहाजिर उत्तरी सिरियामा मारिएका हुन् । मुहाजिर हवाइ आक्रमणमा मारिएको कुर्द लडाकुका एक वरिष्ट अधिकारले जनाएका हुन् ।
यसअघि कुर्द लडाकुका कमाण्डर मजलुम अब्दीले आईएसका प्रवक्तालाई लक्षित गरी हवाइ आक्रमण भएको बताएका थिए । कुर्दले उपलब्ध गराएको सूचनाका आधारमा अमेरिकी सेनाले मुहाजिर रहेको उत्तरी सिरियाको एइन अल बेदाहमा हवाइ हमला गरेको थियो ।हमलामा मुहाजिरसहित ५ जना इस्लामिक लडाकु समेत मारिएका छन् । अमेरिकी सेनाले टर्की समर्थित विद्रोहीको नियन्त्रणमा रहेको उक्त गाँउमा हमला गरेको थियो । हमलामा एउटा पिकअप ट्रक र एक ठूलो ट्रकलाई लक्षित गरिएको थियो ।
शनिबार मात्रै अमेरिकी सेनाले गरेको विशेष कारबाहीमा आईएसका प्रमुख नेता बग्दादी मारिएका थिए । मुहाजिरलाई बग्दादीका दाहिने हात समेत मानिन्थ्यो ।
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण
२०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल