आइसीसी टी–२० विश्वकप छनोट : नेपाल १ सय ४० रनको फराकिलो अन्तरले विजयी

मलेसियामा जारी आइसीसी टी–२० विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्र बी मा नेपालले लगातार तेस्रो खेलमा जित हात पारेको छ।

एक सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डलाई नेपालले एक सय ४० रनले हरायो । तेस्रो खेलमा नेपालले आइतबार थाइल्याण्डलार्इ डक विथ लुइसको आधारमा १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले वर्षाका कारण ८.५ ओभरमा ९ विकेट गुमाएर १८ रन मात्रै बनाएको थियो ।

मलेसियाका वायुमास ओभल मैदानमा जारी खेलमा थाइल्याण्डका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेका थिएनन् । नेपालका लागि सन्दीप लामिछानेले ५, करण केसीले ३ तथा ललितनारायण राजवंशीले १ विकेट लिए।

टस हारेपछि ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७२ रन जोड्यो । ३३ रन जोडे र पहिलो विकेट गुमाएको नेपालले १२ ओभरमा दुई विकेट गुमाएर ९९ सय रन जोड्यो ।

नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरीले ३०, शरद भेषावकरले ३४ र करन केसीले अविजित ४० रन बनाए । ओपनरद्धय विनोद भन्डारी १५ र अनिल शाहले २५ रन बनाए ।

सन्दीपले तीन ओभरमा ८ रन बनाए । सन्दीपले लगातार दोस्रो खेलमा पाँच विकेट लिएका हुन्। प्रतियोगितामा सन्दीपले तीन खेलमा १४ विकेट लिईसकेका छन्। अलराउन्ड प्रदर्शन गरेका करन प्लेयर अफ दी म्याच भए।

नेपालले यसअघिका दुवै खेल जितेको थियो। पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपाल दोस्रोमा मलेसियाविरुद्ध ८ विकेटले विजयी भएको थियो। नेपाल तीन खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको सिंगापुरले पनि तीन खेलबाट ६ अंक जोडेको छ।

थाइल्यान्डको चार खेलबाट पाँच अंक छ।

नेपालले यसपछि मंगलबार भुटानसँग, बुधबार चीन र शुक्रबार सिंगापुरसँग खेल्नेछ। छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन्। एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन्। एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।

अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखि १५ नोभेम्बरसम्म हुनेछ। जसमा १६ टोलीले खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति