आइपिएल २०१८ :बैंगलोरद्वारा हैदराबाद १४ रनले पराजित

बैंगलुरु (एजेन्सी)– प्ले अफका लागि छनोट भइसकेको सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार रोयल च्यालेन्जर्स बैंगलोरसँग १४ रनले पराजित भएको छ । जितपछि बैंगलोर पाँचौं स्थानमा उक्लेको छ । अब ४ टोली मुम्बई इन्डियन्स, बैंगलोर, राजस्थान रोयल्स र किङ्स ११ पञ्जाबको समान १२ अंक छ ।

२ सय १९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । टोलीका लागि काने विलियम्सन र मनीष पाण्डेले अर्धशतक बनाएपनि सनराइर्ज विजयी हुन सकेन । विलियम्सनले सर्वाधिक ८१ रन र मनीषले अविजित ६२ रन जोडे । विलियम्सनले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।

मनीषले ३८ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । एलेक्स हालेसले ३७ र शिखर धवनले १८ रन थपे । बैंगलोरका युभभेन्द्र चाहाल, मोहम्मद सिराज र मोइन अलीले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

टोलीका एबी डि भिलियर्स र मोइन अलिले अर्धशतक पुरा गरे । ३९ बल खेलेका डि भिलियर्सले १२ चोका र १ छक्काको मद्दतमा ६९ रन बनाए । ३४ बल खेलेका अलिले ६ छक्का र २ चौका प्रहार गरे । कोलिन डी ग्रान्डहोमेले ४० रन र सरफराज खानले अविजित २२ रन जोडे । १७ बलमा ग्रान्डहोमेले ४ छक्का र १ चौका प्रहार गरे ।

८ बल खेलेका खानले ३ चौका र १ छक्का प्रहार गरे । हैदराबादका रसिद खानले ३, सिद्धार्थ काउलले २ र सन्दीप शर्माले १ विकेट लिए । आइपिएलमा शुक्रबार नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको