आँप खानुहुन्छ ? यी कुराको ख्याल-विचार गरौं !

Fresh Mangoes with green leaves over white backgroundमौसम अनुकुल फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । हामी बजारमा देखिने बेमौसमी खानेकुरामा आकषिर्त हुन्छौं, जो त्यती स्वस्थ्यवर्द्धक मानिदैन ।

यतिबेला बजारमा आँप आइसकेको छ । आँप खाने सिजन नै हो यो । आँप स्वादिलो त हुन्छ नै यसबाट शरीरलाई आवश्यक पोषक तत्व पनि मिल्छ । जस्तो कि, भिटामिन ए, बिटामिन बि ।

आँपलाई कतिले त्यसै खान्छन् । कसैले डिर्जट बनाएर । कसैले भातसँग पनि खान्छन् । जसरी खाएपनि हुन्छ, सिजनको फल । तर भनिन्छ नि, धेरै खाएमा अमृत पनि बिष हुन्छ । चिनी पनि तीतो हुन्छ । ठिक यसैगरी आँप पनि धेरै खानु प्रत्युत्पादक हुनसक्छ । मिठो र मौसमी फल भन्दैमा आँखा चिम्लेर जति पायो त्यती खानु हुँदैन । किन त ?

ब्लड सुगर लेभल बढ्छ

आँपमा चिनीको मात्रा धेरै हुन्छ । जब हामी अत्याधिक आँप खान्छौं, शरीरमा ब्लड सुगर लेभल स्वत बढ्न पुग्छ । यसको सोझो असर त उसलाई बढी हुन्छ, जसलाई मधुमेहले सताएको छ ।

तौल बढ्न सक्छ

एक मध्यम आकारको आँपमा एक सय ३५ क्यालोरी पाइन्छ । यसले तपाईंको तौल बढाउन योगदान दिन्छ । यदि तौल नियन्त्रण गर्नुपर्ने अवस्था छ वा तौल नियन्त्रण गर्दै हुनुहुन्छ भने, आँपको मात्रा नियन्त्रण गर्नैपर्छ । यद्यपी वर्कआउट गर्नुहुन्छ र सन्तुलित मात्रामा आँप सेवन गर्नुहुन्छ भने, कुनै समस्या छैन ।

सफाईमा ध्यान

आँपको टुप्पोमा एक किसिमको तरल पदार्थ हुन्छ । त्यसलाई राम्ररी पखालेर मात्र आँप खानुपर्छ । यदि त्यसलाई पखालिएन भने गला वा ओंठमा समस्या आउन सक्छ । आँपले एलर्जी पनि आउन सक्छ ।

पाचन पक्रियामा असर

कुनैपनि खानेकुरा धेरै मात्रामा सेवन गर्दा त्यसले पेटलाई बोझिलो बनाउँछ । पचाउन गाह्रो हुन्छ । ठिक यसैगरी आँप पनि धेरै सेवन गरियो भने पाचन प्रणालीमा असर गर्छ । पेट खराब हुन्छ । साथै आँप अधिक मात्रामा सेवन गरियो भने शरीरको तापमान बढ्न सक्छ ।

कसरी सेवन गर्ने ?

अक्सर हामी पाकेको वा पहेंलो र रहरलाग्दो आँप खरिद गर्छौ । तर, आँप पकाउनका लागि त्यसमा क्याल्शियम कार्बाइड मिलाइन्छ । यस केमिकलले स्वास्थ्यमा असर गर्छ । त्यसैले सकेसम्म बजारमा काँचो आँप किनेर घरमै पकाउन सकिन्छ । बजारबाट आँप खरिद गरेपछि त्यसको एकतिरको टुप्पोमा थोरै काटेर पानीमा डुबाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा