अोली–प्रचण्ड वान टु वान वार्ता सकियो, भोलि संयोजन समितिको बैठक

काठमाडौं, ३ वैशाख :प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार करिब साढे २ घण्टा वान टु वान वार्ता भएको छ । प्रधानमन्त्री ओलीले बिहान १० बजे दाहाललाई बालुवाटार बोलाएका थिए । 

kp-oli-prachanda-1700-768x366

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ वार्ता सम्पन्न भएको छ ।

एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन भएको वार्तामा दुई नेताले दुई घन्टा सँगै बिताएका थिए । नेता द्वयको वार्ताले एकता संयोजन समितिको बैठक भोलि मंगलबार बोलाउने सहमति भएको छ । अन्य असमझदारीको विषयमा भने समझदारी जुट्न नसकेको माओवादी निकट स्रोतले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटाका अनुसार भोलि बिहान ९ नौ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा विवादित विषयमा छलफल गर्न दुवै नेता सहमत भएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच यसअघि सहमति हुन नसकेका विषय एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, निर्वाचन चिन्ह के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने भन्नेमा छलफल भयो ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आगामी ९ गते पार्टी एकता गर्ने घोषणा गरे पनि पछिल्लो समय एकता संयोजन समितिको समेत बैठक हुन सकेको थिएन । कतिपय नेताहरुले ९ गतेको एकता कार्यक्रम अब सम्भव नरहेको र अर्को मिति तोकेर एकता गर्ने बताउन थालेका छन् । जनयुद्ध र चुनाव चिन्हको विवाद सतहमा आए पनि प्रधानमन्त्रीमा आलोपालो र सम्मानजनक एकता नै मुख्य एजेन्डा रहेको एक मा‌ओवादी नेताले बताए ।

दुई पार्टीका शिर्ष नेताबीच एकीकृत पार्टीभित्रको शक्ति सन्तुलनमा को बलियो हुने भन्ने खेलका कारण एकीकरणमा बिलम्ब भइरहेको एक एमाले नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।