अाज नेप्सेमा सामान्य सुधार

 साताको तेस्रो दिन नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । गत साताको अन्तिम दुई दिनदेखि घटिरहेको सेयर बजारले मंगलबार भने लगानीकर्तालाई खुसीको सन्देश दिएको हो ।

साताको तेस्रो दिन कारोबार सुरु भएको दश मिनेट घटेर कारोबार सुरु भएको पौने घण्टासम्म उकालो लोगेको नेप्से सोही बिन्दुमा अडिन नसक्दा उच्च अंकको सुधार आत्मासात् गर्न नसकेको हो । केही समयमै पहिलेको बिन्दुमा फर्किएर बढ्न बारम्बार प्रयास गरेपनि नेप्से उकालो लाग्न सकेन । 

अन्ततः नेप्से परिसूचक २ दशमलव ६९ अंकले बढेर १ हजार २ सय ४१ दशमलव ३६ अंकमा पुगेको हो ।नेप्से बढ्दा यसदिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६५ अंकले बढेर २ सय ६३ दशमलव ४५ अ्रकमा पुगेको छ । तर, कारोबार रकम भने घटेको छ । अघिल्ले दिन करिब ५४ करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा यसदिन ४५ करोड १९ लाख ९३ हजार ४ सय ८५ रुपैयाँको कारोबार भयो । यसक्रममा बजारमा १ सय ७१ कम्पनीका २० लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भए ।

नेप्से बढ्दा मंगलबार कारोबारमा आएका ११ समूहमध्ये ६ वटा समूहको समूहगत उपसूचक बढ्यो । बढ्नेमा जीवन बीमा कम्पनी सर्वाधिक १४ दशमलव ६२ अंकले उकालो लाग्दा निर्जीवन बीमा समूह पनि १२ दशमलव १५ अ्कले सुधारियो ।
यसदिन कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा धेरै कारोबार ग्लोबल आईएमई बैंकको सेयरको भयो । बैंकका १ लाख १५ हजार ७ सय ९७ कित्ता सेयर ३ करोड ६५ लाख रुपैयाँमा किनबेच भए ।कारोबार रकमको आधारमा सानिमा माई हाइड्रोपावर र माछापुच्छ्रे बैंक दोस्रो र तेस्रो स्थानमा रहे ।

नेप्सेब बढेको दिन मंगलबार नापेड लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयर मूल्य ९ दशमलव ९२ प्रतिशतले बढ्दा भातर्वः विकास बैंकको सेयर मूल्य भने ९ दशमलव ३५ प्रतिशतले घट्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा