अाँसु झार्दै गच्छदार : अब काँग्रेस छोड्दिनँ

काठमाडौं, ३० असोज : नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपालाी काँग्रेसका सभापति र शेर बहादुर देउवा तथा लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले पार्टी एकताका लागि भएको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

nepali-congress-and-forum

पार्टी एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवाले लोकतन्त्र पक्षधरबीच पार्टी एकीकरणले आफ्नो पार्टी चुनावमा पहिलो हुने बताएका छन् । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वामपन्थी गठबन्धनका कारण आफूहरु नयाँ गठबन्धन बनाउन बाध्य भएको बताएका छन् । हिमाल, पहाड र तराई जोड्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पौडेलले गच्छदारको प्रशंसा समेत गरेका छन् ।

फोरम अध्यक्ष गच्छदारले मुलुकमा वामपन्थी दलबीचको गठबन्धनले लोकतन्त्र रहने कि नरहने आशंका उब्जिएपछि लोकतन्त्रको रक्षाका लागि काँग्रेससँग पार्टी एकता गर्नुपरेको बताएका छन् ।

सम्बोधनका क्रममा आफूले पार्टी छोड्नु परेको दिन सम्झेर भावुक भएका नेता गच्छदारले दुबै पार्टीबीचको यो एकताले सम्पूर्ण नेता कार्यकर्तामा उत्साह थपिने र आसन्न निर्वाचनमा काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै  अबदेखि अाफूले कहिल्यै नेपाली काँग्रेस नछोड्ने समेत उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी